एजेन्सी , बलिउड महानायक अमिताभ बच्चनद्वारा संचालित चर्चित टेलिभिजन कार्यक्रम कौन बनेगा करोडपती (केबिसी) को ११ औं संस्करणको प्रोमोको छायांकन लखनाउमा गरिएको छ। चलचित्र गुलाबो सिताबो को छायांकनका लागि लखनाउमा रहेका अमिताभ मुम्बई आउन सम्भव नभएकाले प्रोमोको सुटिंग उतै गरिएको हो। प्रोमोलाइ दंगल निर्देशक नितेश तिवारीले निर्देशन गरेका हुन्।
शो संग सम्बन्धीत सुत्रले जानकारी दिए अनुसार केबिसीको पहिलो प्रोमोको सुटिंग मुंबई स्थित फिल्मसिटी मा गर्ने बताईए पनि अमिताभका व्यस्तताका कारण लखनाउमा नै प्रोमो सुट गरिएको बताएका छन। सुजित सरकारको निर्देशनमा बन्न लागेको चलचित्र गुलाबो सिताबोको लखनऊ शेड्यूल करिब १ महिनाको भएकाले सम्भवत शो को दोश्रो प्रोमो पनि लखनऊ मै छायांकन हुन सक्ने बताईएको छ।
रिपोर्टका अनुसार अगस्ट १ देखि शो को लागि बिग बि ले सुटिंग सुरु गर्न सक्ने र अगस्ट १९ देखि कार्यक्रमको टेलीकास्ट गरिने बताईएको छ। कौन बनेगा करोडपति को पहिलो शो सन् २००० मे लन्च भएको हो उक्त समयदेखि हालसम्म १० सिजनसम्म कार्यक्रम संचालनमा आइसकेको छ जसको ९ ओत शो को होस्ट अमिताभ स्वयमले गरेका छन। अगस्टदेखि सुरु हुन लागेको कार्यक्रम केबिसीको रजिष्ट्रेशन भने पहिले देखि नै सुरु भईसकेको छ।