अमेरिकन आइडलमा दोस्रो भए दिवेश: नेपाललाई विश्वभर चिनाउने प्रयास जारी राख्ने गरे प्रण !

एजेन्सी – विश्वकै चर्चित गायन रियालिटी शो ‘अमेरिकन आइडल’मा छानिने पहिलो नेपालीको रुपमा रहेका दिवेश पोखरेल प्रतियोगिताका उपविजेता बनेका छन्।

आइतबारराति (नेपाली समय अनुसार सोमबार बिहान) भएको फाइनलमा दिवेश पोखरेल प्रतियोगिताका उपविजेता घोषित भएका हुन् । प्रतियोगिताको उपाधि पोख्रेललाई पछि पार्दै जस्ट सामले जितिन् ।

पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि भोटिङका आधारमा उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए। दिवेश सामसँग पछि परे।

अन्तिम प्रस्तुतिमा पोख्रेलले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाए। पोख्रेलको प्रस्तुतिलाई साबि जर्जहरुले मन पराए भने जज केटी पेरीले पोख्रेललेलाई द बेष्ट भन्दै प्रतिक्रिया दिइन्। पोखरेल ‘अमेरिकन आइडल’को उपविजेता हुनु नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो।

प्रतियोगिताका विजेता बन्न नसकेपनि पोखरेलले सहयोग गर्ने सबैलाई धन्यवाद दिए। नेपाल र नेपालीलाई संसारमा चिनाउने आफ्नो प्रयास अझै कायम रहने उनले बताए। भोट गर्ने सबै प्रति उनी आभार छन्।

नेपालमा जन्मिएका दिवेश ६ वर्ष देखि अमेरिकाको कन्सास राज्य स्थिति विचिटामा बस्दै आएका छन्। उनी सन् सन् १९९७ मा जन्मिएका थिए भने उनले काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेका थिए।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७०२:२३

कोरोना संक्रमणमा भारतको रेकर्ड: बिहार र उत्तर प्रदेशमा पनि उच्च वृद्ध भएपछि नेपालमा खतरा !