मुनीलाई गगनको चेतावनी – ‘नेपालको निर्णय क्षमतामाथि अनावश्यक टिप्पणी गर्ने काम बन्द होस्’

फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले भारतीय प्राध्यापक डा. सुकदेव मुनीलाई नेपालको निर्णय क्षमतामाथि अनावश्यक टिप्पणी नगर्न चेतवानी दिएका छन्।

भारत-नेपाल मामिलाका जानकार मानिने मुनीले नेपाल बारे गरेको ट्वीटमा जवाफ फर्काउँदै नेता थापाले नेपालको निर्णय क्षमतामाथि अनावश्यक टिप्पणी नगर्न चेतवानी दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य देश भन्दा भारतबाट आएको कोरोना भाइरस घातक देखिएको भन्दै दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्ने क्रममा मुनीले नेपालको निर्णय क्षमतामाथि प्रश्न उठाएका थिए।

“प्रधानमन्त्री ओलीले भारतको राष्ट्रिय चित्रको उपहास गरेर र ‘भारतीय भाइरस’ भनेर ठूलो गल्ती गरेका छन्। यो चाइनिज भाइरस हो। आशा छ उनले राजनीतिक स्वार्थपूर्तिका चिनियाँ प्रतिक्रियाबाट एकपक्षीय रूपमा बिनासर्वेक्षण नक्सा जारी गर्न नहुने रहेछ भन्ने जानिसकेका छन्।”,मुनिको ट्वीट थियो।

जसको उत्तर दिँदै थापाले प्रधानमन्त्री ओलीले कोरोना भाइरसका बारे दिएको अभिव्यक्ति अवैज्ञानिक भएपनि निर्णय क्षमतामाथि अनावश्यक टिप्पणी गर्न नमिल्ने बताएका छन्।

“हामी पनि भाइरसमा हाम्रो प्रधानमन्त्रीको अवैज्ञानिक टिप्पणी अस्वीकार गर्दछौं। तर लिम्पियाधुरा‚ लिपुलेक र कालापानी नेपालको क्षेत्र हो भन्ने कुरामा प्रष्ट हुनुहोस्। हामी यस विषयमा शसक्त रूपमा सरकारको पक्षमा उभिनेछौं। साथै, नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न उठाउने काम नहोस्”,थापाको जवाफ छ।

प्रकाशित : बिहिबार, जेठ ०८, २०७७१०:३१

थप ९ जनामा कोरोनाको पुष्टि !