ग्रहहरुको असर राशि अनुसार फरक-फरक रहन्छ। यहि कारणले गर्दा हरेक राशिहरुको व्यवहार, आचरण र भाग्य भिन्न-भिन्न हुन्छ।
राशि अनुसार व्यवहार, आचरण फरक भएपछि राशिहरु बीच हुने सम्बन्ध पनि एकनास हुने कुरै भएन। एक राशिको सबै राशि भएका व्यक्तिहरुसँग एकनासको सम्बन्ध हुँदैन। कुनै राशिसँग सम्बन्ध राम्रो रहन्छ भने कुनैसँग भने जस्तो सम्बन्ध रहँदैन ।
राशि चक्रको चौथो स्थानमा आउने कर्कट राशिको स्वामी चन्द्र ग्रह हो। कर्कट राशि जल तत्व प्रधान राशि हो। जल तत्वलप अधिमित्र पृथ्वी, मित्र वायु, शत्रु अग्नि हुन्छन्।
वृष, कन्या र मकर पृथ्वी प्रधान राशिहरु हुन्। वायु तत्व राशिहरुमा मिथुन, तुला र कुम्भ पर्छन्। यस्तै सिंह, मेष र धनु अग्नी तत्वप्रधान राशिहरु हुन्। जबकि जल तत्वका अन्य लक्षणहरू वृष र मीन पर्छन्।
राशिहरु एकआपसमा हुने सम्बन्ध तत्वले मात्र निर्धारण गर्दैन। यसको लागि ग्रह बीचको सम्बन्ध पनि हेरिनुपर्ने हुन्छ। यसरी तत्व र ग्रह बीचको सम्बन्ध अनुसार कर्कट राशिको सबै भन्दा कुन राशिसँग राम्रो सम्बन्ध रहन्छ ? हेर्नुहोस् !
यी राशिसँग हुन्छ धेरै राम्रो सम्बन्ध
कर्कट राशि हुनेहरुको वृष, कन्या, मीन र मकर राशि भएका व्यक्तिहरुसँग ज्यादै राम्रो सम्बन्ध रहन्छ। यता ग्रहको मित्रताको आधारमा र मिथुनसँग पनि कर्कट राशि हुनेहरुको राम्रै सम्बन्ध रहन्छ।
यी राशिसँग हुन्छ ठिकैको सम्बन्ध
कर्कट राशि हुनेहरुको मिथुन, तुला राशि हुनेहरुसँग मिश्रित सम्बन्ध रहन सक्छ। ग्रहको मित्रताको हिसाबले वृश्चिक र तुलासँग पनि ठिकैको सम्बन्ध रहन सक्छ।
यी राशिसँग रहँदैन राम्रो सम्बन्ध
कर्कट राशि हुनेहरुको सिंह, मेष र धनु राशि हुनेहरुसँग शत्रुता रहन सक्छ। यी तीन राशिसँग जोडिएको सम्बन्ध खासै सन्तोषजनक रहने गर्दैन। यता कुम्भ राशिलाई पनि कर्कटको शत्रु राशिको रुपमा लिने गरिन्छ।