आखिर को हुन् ईष्टदेव ? ग्रह र ज्योतिषसँग यिनको के सम्बन्ध छ ?

काठमाडौँ। लोक मान्यता अनुसार हरेक व्यक्तिको एक ईष्टदेव या देवी हुन्छन। तिनको उपासना गरेमा व्यक्तिले जीवनमा प्रगति गर्न सक्छ। तिनको निर्धारण मानिस कुण्डलीको आधारमा गर्छन। वास्तवमा ग्रह र ज्योतिष शास्त्रसँग ईष्टदेवको सम्बन्ध हुँदैन। तपाईको ईष्टदेव या देवीको निर्धारण तपाईको जन्म जन्मान्तरको संस्कारबाट हुन्छ। बिना कुनै कारण ईश्वरको जुन स्वरुप तर्फ तपाईको आकर्षण हुन्छ, त्यहीं नै तपाईको ईष्टदेव हो। ग्रहहरुले कहिल्यै पनि ईश्वरको निर्धारण गर्न सक्दैनन्। ग्रहहरुका समस्या दूर गर्नको लागि विशेष देवी-देवताहरुका उपासना गर्न सकिन्छा।

कुन ग्रहको समस्याको लागि कुन देवी-देवताको उपासना गर्ने ?

• सूर्यको लागि सूर्यकै उपासना गर्नुहोला।

• या गायत्री मन्त्रको साधना गर्नुहोला। 

• चन्द्रमाको लागि भगवान शिवको उपासना गर्नु उत्तम मानिन्छ। 

• मङ्गलको लागि कुमार कार्तिकेय या हनुमान जीको उपासना गर्नुहोला। 

• बुधको लागि माता दुर्गाको उपासना गर्नुहोला । 

• बृहस्पतिको लागि श्रीहरिको उपासना गर्नुहोला । 

• शुक्रको लागि माता लक्ष्मी या माता गौरीको उपासना गर्नुहोला। 

• शनिको लागि श्रीकृष्ण या भगवान शिवको उपासना गर्नुहोला। 

• राहुको लागि भैरव बाबाको उपासना गर्नुहोला। 

• केतुको लागि भगवान गणेशको उपासना गर्नुहोला। 

आफ्नो विशेष समस्याको लागि कुन देवी-देवताको उपासना गर्ने ?

• मानसिक समस्या समाधानको लागि शिवजीको उपासना गर्नुहोला।

• शारीरिक पीडा र चोटपटकबाट राहत पाउनको लागि हनुमान जीको उपासना गर्नुहोला। 

• शीघ्र विवाहको लागि पुरुषले माता दुर्गाको पूजा गर्नुहोला। 

• शीघ्र विवाहको लागि स्त्रीले भगवान शिवको उपासना गर्नुहोला। 

• विघ्न-बाधाहरु नाश गर्नको लागि भगवान गणेशको पूजा गर्नुहोला। 

• धन-सम्पतिको लागि माता लक्ष्मीको उपासना गर्नुहोला। 

• मुक्ति मोक्ष या आध्यात्मिक उपलब्धीको लागि भगवान कृष्ण या भगवान शिवको उपासना गर्नुहोला । 

कुन देवी या देवताको उपासना सबैको लागि उत्तम ?

• शरीर र मन शुद्ध राख्नको लागि सूर्यको उपासना सर्वोत्तम मानिन्छ। 

• हरेक व्यक्तिले नियमित रुपमा सूर्यलाई जल अर्पित गर्नुहोला ।

• या उदाउँदै गरेको सूर्यको किरणमा उभिएर बस्नुहोला।

• यसले शरीर स्थित नाडी र ग्रहहरुले पर्याप्त ऊर्जा प्राप्त गर्दछ ।

प्रकाशित : शनिबार, जेठ १७, २०७७११:२६

आफु जन्मेको बार र राशिअनुसार लगाउनुहोस् यी रत्न, चम्किनेछ भाग्य!