हरेक मानिसले घरमा सुख शान्ति र समृद्धि छाओस भन्ने अपेक्षा राख्दछ। जसको कारणले बेलाबेलामा उनीहरुले घरमा विभिन्न धर्मकर्म तथा पुजा पाठ लगाई रहेका हुन्छ। विभिन्न धार्मिक मान्यता अनुसार घरमा पबित्र चिज राख्नाले सधै देवी देवताको कृपा मिल्नेछ। जुन महाभारतको एक अंशमा भगवान श्री कृष्णले युधिष्ठिरलाई भनेका थिए।यसै अनुसार जान्नुहोस घरमा कस्ता चिज रख्नुलाई शुभ मानिन्छ।
मह
घरमा मह राख्नाले वास्तु दोष शान्त हुन्छ। पुजाको मह मिसाई देवी देवतालाई अर्पण गर्नाले बिशेष लाभ हुने मान्यता रहेको छ।
घीऊ
घरमा घ्यु राख्नुलाई शुभ मानिन्छ। यसको सेवन गर्नाले घरमा सकारात्मक उर्जा पैदा हुनाका साथै शरीर स्वस्थ रहन्छ। हरेक दिन बिहान बेलुका घरमा घ्युको बत्ति बल्नाले बिशेष लाभ हुनेछ।
वीणा
माता सरस्वतीको कृपा जीवनमा पाउनका लागि माताको प्रिय वाद्य यंत्र वीणा घरमा राख्नु आवश्यक रहेको छ। साथै यसको प्रयोगले धैर्य गर्न सक्ने क्षमताको समेत विकास हुन्छ।
पानी
घरको वास्तु दोष निवारण गर्नका लागि आवश्यक रहेको छ। यसका साथै घरमा आएका पाहुनालाई सर्वप्रथम सफा पानी पिउन दिनाले पनि कुण्डलीको वास्तु दोष शान्ति गर्न मदत पुग्दछ।
चंदन
हिन्दु धर्म शास्त्रका अनुसार चन्दनलाई पबित्र मान्ने गरिन्छ। यसको सुगन्धले गर्दा घरको नकारात्मक उर्जामा कमि आउने मान्यता रहेको छ। यसका साथै पुजामा चन्दनको प्रयोग गर्नाले र यसको टिका लगाउनाले सुख शान्ति मिल्ने बिश्वाश गरिन्छ।