भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको १ गते बुधवार इश्वी संवत २०१९ जुलाई १७ तारिख, भोलि साउने सक्रान्ति अर्थात् लुतो फाल्ने दिन । काठमाडौँमा सुर्योदय बिहान ५ बजेर २० मिनेटमा हुनेछ भने सुर्यास्त साँझ ६ बजेर ५९ हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !
मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
व्यापार व्यवसायका कार्यमा अधिक लाभ हुने छ। अफिसको कार्यले गर्दा बैदेशिक यात्रा हुने सम्भावना रहेको छ। सरकारी कार्यमा लाभ हुनेछ। माताको साथ र सहयोग प्राप्त हुनेछ। घरायसी वातावरण सुखमय बित्नेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।
वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )
वैदेशिक यात्रा सुखद रहेको छ। शुभ समाचार सुन्ने मौका मिल्नेछ। आर्थिक योजनाका कार्यहरु सजिलै सम्पादन भएर जानेछ। आकस्मिक धनलाभ हुने छ। धार्मिक यात्राको समभावना रहेको छ। सन्तान सुख मिल्नेछ। स्वास्थ्यमा सावधानी अपनाउनु पर्ने देखिन्छ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
नया कार्यको प्रारम्भ गर्नका लागि समय खासै उपयुक्त रहेको छैन। सल्यक्रिया तथा अन्य नयाँ रोगको उपचार कार्य नगरेकै राम्रो हुनेछ। अनावश्यक क्षेत्रमा धन खर्च भएर जानेछ। बाणी तथा व्यवहारमा संयम रहनु पर्नेछ। समयमा खानपानको अभावमा स्वास्थ्यसम्बन्धी समस्या देखिने छ। इश्वर ध्यान भक्तिमा मन लगाउनाले हरेक समस्याबाट छुटकारा पाइने छ।
कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )
कर्कट राशी हुनेहरुका लागि भोलिको दिन सुखमय रहनेछ। आकस्मिक मित्रभेटले मन प्रफुल्लित हुनेछ। व्यापार व्यवसायको क्षेत्र लाभदायी रहेको छ। दमप्त्य जीवनमा निकटताको अनुभुति छाउने छ। स्वास्थ्य अनुकुल रहेको छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
घरायसी वातावरण सुखमय रहनेछ। स्वास्थ्यमा आएको समस्याका कारण दैनिक कार्यमा ढिलासुस्ती देखिन सक्ला। हितशत्रु संग बचेर हिड्नुपर्ने छ। मानसिक रुपमा बेचैनिको अनुभूति हुनेछ। अनावश्यक झमेलामा फस्ने सम्भावना रहेको छ। परिश्रम गरे अनुरुप कार्यमा कम सफलता मिल्नेछ।
कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
सन्तान सुख मिल्नेछैन। मानसिक व्यग्रताले सताउने छ। बिद्यार्थी वर्गका लागि बिद्याआर्जनमा अवरोध सिर्जना हुनेछ। समयमा खानपान नमिल्नाले पेटसम्बन्धी समस्याले सताउने छ। बौद्धिक एवम तर्किक बिषयमा खासै सफलता मिल्ने छैन। आर्थिक कारोवारमा बिशेष सावधानी अपनाउनु पर्नेछ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
शारीरिक रुपले अनावश्यक थकान र आलास्यताको अनुभव हुनेछ। मनमा उठेका नकारात्मक भावनाका कारण समस्या भोग्नुपर्ने देखिन्छ। सकेसम्म यात्रामा नानिस्कादा नै राम्रो होला। अनिन्द्राले सताउने छ। स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्छ। समग्रमा तुला राशिका लागि भोलिको दिन मध्यम रहेको छ।
वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु (Scorpio)
कार्यमा सफलता , आर्थिक लाभका साथै भाग्योदय हुने योग रहेको छ। भातृत्व सुख मिल्नेछ। परिवारका साथमा सुखद समय व्यतित हुनेछ। पढाई लेखाईमा सोचे अनुरुपको प्रतिफल मिल्नेछ। छोटो दुरीको यात्रा हुने सम्भावना रहेको छ। धार्मिक एवम आध्यात्मिक कार्यमा मन जानेछ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
पारिवारिक असमझदारीका कारण अनावश्यक झैँ झमेलाको स्थिति सिर्जना हुनेछ। कार्यमा अपेक्षा गरे अनुरुपको सफलता नमिल्नाले मानसिक चिन्ताले सताउने छ। मानसिक द्विविधाका कारण महत्वपुर्ण निर्णय लिन सकिने छैन। शुभ समचार सुन्ने अवसर मिल्नेछ। कार्यभार बढेर जानेछ। धनुका लागि भोलिको दिन मध्यम फलदायी रहेको छ।
मकर – भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी (Capricorn)
धार्मिक एवम आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। पारिवारिक वातावरण सुखमय रहनेछ। सोचे अनुरुप कार्यमा सफलता मिल्नेछ। आकस्मिक मित्रभेटले गर्दा मन प्रफुल्लित हुनेछ। नोकरी व्यवसायको लागि समय अनुकुल रहेको छ। दाम्पत्य जीवन सुखद रहनेछ। अचानक हुन् सक्ने दुर्घटनाबाट बच्नु पर्नेछ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
आर्थिक कारोवारका लागि समय खासै उपयुक्त रहेको छैन।अनावश्यक क्षेत्रमा अधिक खर्च हुने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले संयम रहनु पर्नेछ।अनावश्यक झैँ झमेलामा फस्ने सम्भावना रहेको छ। इश्वर भक्ति र आराधनामा चित्त लगाउनाले बिशेष लाभ हुने देखिन्छ।
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces)
सामाजिक एवम परोपकारको क्षेत्रमा रुचि बढ्ने छ। परिवार तथा इष्टमित्रका साथमा रमणीय स्थानको भ्रमण हुने छ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। नयाँ कार्यका लागि प्रोत्साहन मिल्नेछ। शुभ समाचार सुन्ने अवसर मिल्नेछ। आकस्मिक धनलाभ भएर जानेछ। सन्तान सुख मिल्नेछ।