बुवासँगै घुम्न गएकी बालिकाको रुखको हाङ्गाले ज्यान लियो, बुवा गम्भीर !

भीमदत्तनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

स्थानीय कृषि सडक छेउको रुखको हाँगा छिनाल्ने क्रममा से६प ३३८९ नंको मोटरसाइकलमा सवार दुई वर्षीया बालिका आरजु खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

दुर्घटनामा परी मृतक बालिकाका बुबा मोटरसाइकल चालक ३० वर्षीय ज्ञानेन्द्र खड्का गम्भीर घाइते भएको इप्रका गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए।

“सडक छेउको रुखमा सहकारीले रुखको हाँगा छिनाल्दा हाँगा खसेर मोटरसाइकलमा परेछ” घटनास्थल अनुसन्धानमा खटिएका प्रहरी नायब निरीक्षक धामीले भने, “बालिकाको उपचारका क्रममा मृत्यु भएको र बुबाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।”

ज्ञानेन्द्रको माया मेट्रोमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको समेत जानकारी दिए। प्रहरीले रुखको हाँगा काट्ने स्थानीय प्रकाश चौधरी र हाँगा काट्न लगाउने ग्वासी विद्युत् सहकारी संस्थाका अध्यक्ष प्रेम कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

डिजिटल शैक्षिक जागरण

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी पाँच दिवसीय (आइसिटी) प्रशिक्षणले डिजिटल शैक्षिक जागरण ल्याएको दाबी गरेका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कर्णाली प्रदेश आइसिटी विभागद्वारा आयोजित ‘पाँच दिवसीय सूचना तथा प्रविधिसम्बन्धी प्रशिक्षण’को आज समापन कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले डिजिटल प्रशिक्षणले शैक्षिक जागरणको नयाँ अभियान थालनी भएको बताए। “सूचना, सञ्चार तथा प्रविधि हाम्रो जीवन व्यहारमा उत्रेको छ”, उनले भने, “काठमाडौँले गर्न नसकेको काम यतिबेला कर्णालीले सम्पन्न गर्नु सराहनीय छ ।”

सङ्गठनका केन्द्रीय सदस्य गणेशप्रसाद रिजालले शिक्षा, सूचना, सञ्चार र प्रविधि एकअर्काका पर्याय भएको बताए। त्यसैगरी सङ्गठनका कर्णाली प्रदेश समिति अध्यक्ष रेश्मीलाल चपार्इँले यो सङ्कटपूर्ण समयमा अनलाइनबाट भए पनि शिक्षकको ज्ञान, सीप र क्षमता अभिवृद्धिमा डिजिटल प्रशिक्षणले सघाउ पुग्ने बताए। सङ्गठन कर्णाली प्रदेश समितिका उपाध्यक्ष तथा आइसिटी विभागका संयोजक रामबहादुर रावलले कोरोना महामारीले सङ्कट मात्र नभई मानवीय जिउने कलामा वैकल्पिक अवसर पनि प्रदान गरेको बताए।

प्रकाशित : शनिबार, जेठ ३१, २०७७०८:२१

जब संसद बैठक छाडेर बाहिरिइन् सरिता गिरी…