घडीको बिज्ञापनमा १०;१० को समय नै किन देखाईन्छ ?

वास्तवमा तपाईहरुले बजारमा आउने घडीका विभिन्न ब्रान्डका बिज्ञापनहरु त देख्नु भएकै छ होला।  तर अधिकांश बिक्रिका लागि राखिएको तथा बिज्ञापनमा देखाइने घडीमा जहिले पनि १०;१० बजेको नै समय किन देखाईएको हुन्छ सोच्नु भएको छ ? छैन भने आउनुहोस यसको पछाडीको कारणको बारेमा आज हामी तपाइलाई केहि जानकारी दिन गईरहेका छौं ,

– मनोविज्ञानका अनुसार १० बजेर १० मिनेटमा राख्दा घडीको सुई एक सन्तुलित आकारमा रहन्छ र हरेक सन्तुलित चिजमा मानिसको नजर झ्वाट्ट पुग्ने भएकाले यस्तो गरिएको हो।

-जब तपाई १०;१० बजेको घडी देख्नुहुन्छ तब तपाइलाई लाग्छ कि घडी मुस्कुराई रहेको छ। जुन देख्ने बित्तिकै तपाइको घडीले तपाईलाई नै मुस्कान दिइरहेको हुन्छ भन्ने प्रतित हुन् पुग्छ।

-घडी १०;१० को समयमा हुदा यो V आकारको देखिन्छ V को अर्थ जहिले पनि विजय या जित भन्ने हुन्छ। त्यसैले घडी कम्पनीका विज्ञापनमा यस्तो देखाइने गरिन्छ।

-१० बजेर १० मिनेटमा घडीको सुई राख्दा यसमा भएको ब्रान्डको नाम कम्पनीको लोगो प्रस्ट देखिने भएर पनि हुन सक्छ अक्सर घडीमा यस्तो समय देखाउने गरिन्छ।

-कतिपयको मान्यता अनुसार सर्वप्रथम घडीको आविष्कार गर्दा यहि समय राखिएको थियो त्यसैले उक्त समय देखि नै घडीको डिफल्ट समय १०;१० को सेट गरिएको हो।

 

 

प्रकाशित : आइतबार, साउन ०५, २०७६१२:३१

यी ईरानी राजकुमारी जसका लागि १३ युवाले गरेका थिए…