लाइसेन्स वितरणको काम सुरु: नविकरण र ट्रायल पास को राजश्व पनि बुझ्न थालियो !

काठमाडौँ – लकडाउनक कारण बन्द भएको यातायात व्यवस्था कार्यालय अन्तर्गतको सवारी चालक अनुमति पत्र,ठूलो भर्याङ्गले आफ्ना सेवा सुचारु गरेको छ।

यातायात व्यवस्था कार्यालय अन्तर्गतको सवारी चालक अनुमति पत्र,ठूलो भर्याङ्गले आज देखि लाइसेन्स वितरणको कार्य सुरु गर्ने भएको हो। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, ठुलो भर्‍याङका कार्यालय प्रमुखले आजबाट लाइसेन्स वितरणको कार्य सुरु भएको जानकारी दिए।

उनका अनुसार स्मार्ट काड वितरण, नवीकरण र पासको राजश्व बुझ्नेलगायत सेवाहरू सुरु भएका छन्। अन्य सेवाहरु भने अहिलेको लागि तत्काल नखुल्ने उनको भनाई छ।

“कोभिड १९ को महामारीका कारण बन्द भएको यस कार्यालय मिति २०७७/०३/०१ गते देखि लाईसेन्स बितरणको कार्य सुरु भएको छ । साथै अन्य सेवाहरु अर्को सूचना प्रकाशित नभए सम्मको लागि यथावत बन्द रहने व्यहोरा समेत जानकारी गराईन्छ ।”,एक सूचना जारी गर्दै उनले भनेका छन्।

झन्डै तीन महिना बन्द रहेका सरकारी, अर्धसरकारी र गैरसरकारी कार्यालय असार १(सोमबार) देखि खुलेका छन्।

प्रकाशित : सोमबार, असार ०१, २०७७०७:१३

बाबुरामले भने – “आफू नजान्ने अरूले भनेको पनि नमान्ने प्रधानमन्त्री र अर्थमन्त्री छन्, देश डुब्ने भयो”