तरिका जाने धेरै समस्याको रामवाण हो बिरेनुन !

बिरे नुन सबैका लागि चिरपरिचित नाम हो।  बिरे नुनलाई स्वाद र सन्तुष्टिका साथै स्वास्थ्यका लागि पनि लाभदायक मान्ने गरिन्छ। यसको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने गर्दछ। बिरे नुनमा सोडियमको  मात्रा कम हुने भएकाले यसको सेवन उच्च रक्तचापको समस्या भएकाहरुका लागि पनि लाभदायक  हुन्छ। आज हामी तपाईलाई बिरेनुनको सेवनले स्वास्थ्यमा हुने फाइदाहरुका बारेमा बताउन गईरहेका छौं आउनुहोस ,

-बिरेनुनको सेवनले पेटबाट विषाक्त पदार्थहरुलाई बाहिर निकाल्ने काम गर्दछ।  जसले गर्दा कब्जियत , ग्यास्ट्रिक लगायतका पेटसम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ।

– त्वचालाई नरम , आकर्षक र सुन्दर बनाउने काममा पनि बिरेनुनले अहम भूमिका निर्वाह गरेको हुन्छ।

–  यसको सेवनले छालासम्बन्धी समस्याका साथै एक्जिमाका लागि पनि लाभदायक रहेको छ।

– बिरेनुनको सेवन मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने तथा आन्द्रासम्बन्धी समस्या भएकाहरुका लागि रामवाण साबित हुन सक्छ।

-पाचन शक्ति कमजोर भएकाहरुका लागि पनि बिरेनुनको सेवन अति नै प्रभावकारी रहेको छ।

– बिरेनुनमा प्रसस्त मात्रामा आइरन , सल्फर लगायतका अन्य खनिज पदार्थ हुने भएकाले गर्दा पनि यसको सेवनले मोटोपन , स्वासप्रश्वास सम्बन्धि लगायत अन्य समस्याबाट पनि छुटकारा दिलाउछ।

माथि उल्लिखित विभिन्न समस्याका लागि बिरेनुन अत्यन्तै फाइदाजनक रहेको हुनाले तपाईहरु पनि आजैबाट बिरेनुनको सेवन गर्न थाल्नुहोस यसले स्वास्थ्यमा देखिएका सानातिना समस्याहरुलाई क्षणभर मा नै समाधान गर्न मदत पुर्याउछ।

प्रकाशित : बुधबार, असार ०३, २०७७१६:००

तिते करेलाको जरा देखि बियासम्म फाइदा नै फाइदा, कसरी सेवन गर्ने? जानीराखौ!