रगतको नाता भन्दा केहि फरक मान्यता राख्ने मित्रताले हरेक मानिसको मानसपटलमा छुट्टै ठाउं बनाउने गर्छ। तपाईको हरेक अवस्थामा साथ मिलन गार्है हुने भएता पनि तपाईको संगतमा केहि शुखमा मात्र नभई दुखमा पनि साथ दिने व्यक्तिहरु रहेका हुन्छन्। तपाईको मन मिल्नुका साथै हरेक आचरण मिल्नुले तपाईको दोस्ती कस्तो किसिमको हो भनेर बताउने गर्छ। तपाईलाई दुखमा पनि साथ दिन सक्ने साथीसंगको सम्बन्धको बारेमा केहि आज हामी बताउने छौं।
तपाईको मित्रसंगको सम्बन्ध कस्तो रहन्छ भने कुरा वास्तु शास्त्रमा पनि निर्भर रहने गर्दछ। यदि तपाई आफ्नो मित्रसंगको सम्बन्ध प्रगाड रहोस भन्ने चाहनु हुन्छ भने तपाईको मित्रसंगै हुँदा वर्गाकार साथै चारपाटा भएको कुर्शी प्रयोग गर्नु होला। पढाई गर्दा होस् या वाचित गर्दा होस् तपाईले वर्गाकार साथै चारपाटा भएको कुर्शी प्रयोग गर्नु भएमा सम्बन्ध बलियो हुन सक्ला। यदि तपाई आफ्नो मित्रलै केहि उपहार दिने सोचमा हुनुहन्छ भने कहिले पनि रुमाल भने उपहार नदिनु होला। रुमालबाट विस्तारै वास्तुदोष उत्पन्न हुने गर्छ,जसले तपाईको मित्रतालाई दुस्मनीमा परिणत गर्न सक्छ।
साथै तपाई आफ्नो साथीलाई कालो वस्त्र साथै जे-केहि दिंदा पनि कालो रङ भएका उपहार नदिनु भएकै उचित रहने देखिन्छ। कालो रङले नकारात्मक तरिकाबाट तपाईको मित्रता टुटाउने हुन्छ। मित्रको साथमा हुँदा तपाई उत्तर-पूर्वी दिशामा रहनु भएमा तपाईको सम्बन्ध राम्रो रहन सक्छ। तपाई यदि मित्रलाई केहि उपहार दिंदै हुनुहुन्छ भने पनि तपाई उत्तर-पूर्वी दिशामा रहनु भएर उपहार दिनु होला। यसको अलावा तपाई आफ्नो मित्रसंग सहि सम्बन्ध चाहनु हुन्छ भने सहि बोलिका साथै इमान्दारिता कायम गर्नु पनि जरुरत हुन्छ। साथै तपाईले झुठो कसम खानु हुन्छ भने पनि तपाईको मित्रता छिट्टै टुट्न सक्ला। रगतको नाता भन्दा माथि रहने तपाईको मित्रता नटुटोस भन्नको लागि दुई तर्फबाटनै पहल साथै साझेदारी रहनु पर्ने हुन्छ।
-एजेन्सी

