काठमाडौँ – जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णय प्रति आपत्ति जनाएकी छन्। शनिबार एक ट्वीट गर्दै उनले नेकपाको निर्णय प्रति आपत्ति जनाएकी हुन्।

शनिबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको थियो। सो निर्णयको मधेशवादी नेताहरुले विरोध गर्दै आएका छन्।

नागरिकता सम्बन्धी नेकपा सचिवालय को निर्णय जातिय राष्ट्रवादको पराकाष्ठा रहेको गिरीको ठाम्याई छ। नेकपाको यस्तो निर्णयले मुलुकमा भयावह परिणाम निम्त्याउन सक्ने पनि उनले बताएकी छन्।
नागरिकतासम्बन्धी विधेयकका विरुद्ध सबै मिलेर नलडे नेपाल हिटलरको नाजीवाद फस्ने खतरा रहेको उनको भनाई छ।

“नागरिकता सम्बन्धी नेकपा सचिवालयको निर्णय जातिय राष्ट्रवादको पराकाष्ठा हो । यसलाई सबै मिली पराजित गर्नु । न भए, हामी हिटलरको नाजीवाद मा फँस्ने छौ । परिणाम भयावह हुन सक्दछ ।”,ट्वीट गर्दै उनले लेखेकी छन्।
नागरिकता सम्बन्धी नेकपा सचिवालय को निर्णय जातिय राष्ट्रवाद को पराकाष्ठा हो । यस लाई सबै मिली पराजित गर्नु पर्दछ न भए हामी हिटलरको नाजीवाद मा फँस्ने छौ. । परिणाम भयावह हुन सक्दछ ।
— sarita giri (@sarita_giri) June 20, 2020