कोरोनिल: सामाजिक संजालमा रामदेवको व्यापक ट्रोल, दिइयो आइन्स्टेइन्डदेवको संज्ञा !

काठमाडौँ – पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना निको पार्ने औषधी कोरोनिल को दाबी २४ घण्टा नबित्दै प्रतिबन्धमा परेको छ।  कोरोना निको पार्ने भन्दै प्रचार गरिएको उक्त औषधी बजारमा आएको २४ घण्टा नबित्दै भारत सरकारले कोरोनिल माथि प्रतिबन्धमा लगाएको हो।

उक्त औषधि माथि पर्याप्त अनुसन्धन तथा परीक्षण भइनसकेको हुँदा भारतको सरकारले प्रतिबन्ध लगाएको बताइएको छ। तर, पतञ्जलीले भने उक्त औषधि सयौं जना कोरोना भाइरस संक्रमितमा परीक्षण गरिसकिएको दावी गरेको छ। पतञ्जलीले परीक्षणका क्रममा ३ देखि हप्ता दिनमा कोरोना संक्रमित निको भएको दावी थियो।

कोरोनिल माथि रोक लगाइएसँगै यति बेला रामदेवको सामाजिक संजालमा ब्यापक ट्रोल भइरहेको छ। सामाजिक संजालमा मौका छोप्न खोजेको भन्दै रामदेवको खिल्ली उडाइएको छ।

मजाक गर्दै सामाजिक संजालमा केहिले कोरोनिलको परीक्षण सबै भन्दा पहिला रामदेवका भक्तमा गर्नुपर्ने बताएका छन् भने केहिले रामदेवसँग सबै रोगको उपचार हुन्छ भन्दै मजाक गरेका छन्।

यस्तै सामाजिक संजालमा रामदेवलाई बाबा आइन्स्टेइन्डदेवको संज्ञा पनि दिइएको छ। आइन्स्टेइन्डदेवलाई पहिलो एन्टी कोविड १९ औषधीको आविष्कारको लागि नोबेल पुरस्कार दिइनुपर्ने भन्दै धेरैले सामाजिक संजालमा मजाक गरेका छन्।

प्रकाशित : बुधबार, असार १०, २०७७०२:१४

“चर्को घामले कोरोना भाइरस नष्ट गर्न सक्ने”