काठमाडौँ । एक पटकलाई पकाएको खानेकुरा पुन तताएर खाने चलन प्राय धेरैको घरमा रहेको छ । बाकी रहेको खानेकुरा खेर नजाहोस् भनेर तताएर खानु सामान्य हो । तर यस्तै सामान्य मानिने कुनै कुराहरु स्वास्थ्यको लागि हानिकारक हुन्छ । यस्तै आज हामी तपाईहरुलाई पुन तताएर खान नहुने केही खानेकुराको बारेमा बताउन गइरहेका छौँ ।
कुखुराको मासु :

कुखुराको मासुलाई तताएर खानु हुँदैन् । तताएर खाँदा त्यसमा प्रोटिन कम्पोजिशन बद्लिने भएकाले पाचन पक्रियामा समस्या हुन्छ ।
आलु :

जुन चिजमा पनि मिसाएर खान फिट हुने आलु स्वास्थ्यबर्दक मानिन्छ । तर आलुको परिकार बनाएर लामो समय राख्दा त्यसमा भएको पोषक तत्व खेर जान्छ । पुन तताएर खाँदा पाचनमा समस्या आउँछ ।
च्याउ :

च्याउको परिकार बनाएर खाँदा सकेसम्म बासी खानु हुँदैन् । प्रोटिनको भण्डार मानिने च्याउमा पाइने प्रोटिन कम्पोजिसन फेरिने भएकाले स्वास्थयको लागि हानिकारक हुन्छ ।

