चाहिने भन्दा बढी बियर पिउँदा फुट्यो मूत्र थैली, कसो ज्यान गएन !

एजेन्सी – बियरका पारखीहरु बियर भने पछि मरिहत्ते नै गर्छन्। पिउन बसेपछि बोतलका बोतल पिउने उनीहरुको बानि हुन्छ। स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा हुँदा-हुँदै पनि त्यसलाई नजरअन्दाज गर्छन्।

यस्तै बियरका एक चिनियाँ पारखीले लापरवाही गर्दा जे भोगे, त्यसले धेरैलाई चकित बनाइदिन सक्छ। धेरै नै बियर पिउने एक व्यक्तिको मूत्र थैली नै फुट्यो।

घटना चीनको पूर्वी प्रांत झेजियांगको हो। धेरै नै पेट देखेका कारण हू नामक ४० वर्षीय पुरुष झूजी पीपुल्स अस्पताल पुगेका थिए। त्यहाँ उनलाई भर्ना गरियो र विभिन्न जाँच गर्न थालियो। जाँच गर्ने क्रममा त्यहाँको यूरोलोजी डिपार्टमेन्टमा उनको स्क्यान गरियो। जसमा उनको मूत्र थैली फुटेको पाइयो। तत्कालै उनको शल्यक्रिया गरियो, अनि फुटेको मूत्र थैलीलाई ठीक गरियो।

डाक्टरहरुका अनुसार यो एक दुर्लभ घटना हो। धेरै तरल पदार्थ पिए पछि लामो समय पिसाब रोक्यो भने यस्तो हुन सक्ने डाक्टरहरु बताउँछन्। उनको केशमा पनि त्यस्तै भएको थियो। उनले १० बोतल बियर पिएका थिए। बियर पिसकेपछि उनी निदाएका थिए। निदाएको समयमा उनको मूत्र थैली भरियो, पिसाब नफेरेका कारण मूत्र थैली फुट्न पुग्यो।

एक वयस्कको मूत्र थैलीले ४०० देखि ६०० मिलिलिटर सम्म पिसाब थेग्न सक्ने डाक्टरहरु बताउँछन्। त्यस भन्दा बढी भएमा मूत्र थैलीलाई दबाब पर्छ। डाक्टरहरुका अनुसार पिसाब रोक्नु स्वास्थ्यको हिसाबले राम्रो हुँदैन।

प्रकाशित : बिहिबार, असार ११, २०७७१०:०३

दुर्लभ रोगबाट ग्रसित भए यी बालकहरु, अरु भन्दा भिन्न देखिए !