भारतमा कोरोना संक्रमितको संख्या पाँच लाख पार !

काठमाडौँ – भारतमा कोरोना भाइरस संक्रमितको संख्या पाँच लाख नाघेको छ। शुक्रबार १५ हजार भन्दा बढी व्यक्तिमा कोरोनाको पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ५ लाख पुगेको हो।

यो समाचार तयार पार्दा सम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ६ हजार ९ सय ७२ पुगेको छ। शुक्रबार मात्रै त्यहाँ १५ हजार ८ सय २ कोरोना संक्रमित थपिएका छन्।

यस्तै भारतमा शुक्रबार थप ३ सय ५४ जनाले कोरोना भाइरस संक्रमणक कारण ज्यान गुमाएका छन्। जससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ हजार ६ सय ६२ पुगेको छ।

भारतमा अहिले सम्म २ लाख ९४ हजार ९ सय ८८ कोरोना संक्रमित निको भएका छन् भने सक्रिय संक्रमितको संख्या १ लाख ९६ हजार भन्दा बढी छ। जस मध्ये करिब ९ हजारको अवस्था गम्भीर छ।

विश्वभर कोरोना

शुक्रबार बेलुका सम्म विश्वभर कोरोना संक्रमितको संख्या ९७ लाख ७९ हजार २ सय ७८ पुगेको छ। जस मध्ये ७५ हजार ९ सय ४८ शुक्रबार दिनभरी फेला परेका हुन्। विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ९३ हजार ३ सय ९५ पुगेको छ।

सबै भन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या २५ लाख १२ हजार २ सय ७ पुगेको छ। जस मध्ये १ लाख २६ हजार भन्दा बढीले ज्यान गुमाएका छन्।

यस्तै कोरोनाबाट अति प्रभावित दोस्रो ब्राजिल र तेस्रो रसियामा कोरोना संक्रमितको संख्या क्रमशः १२ लाख ३३ हजार १ सय ४७ र ६ लाख २० हजार ७ सय ९४ पुगेको छ।

प्रकाशित : शुक्रबार, असार १२, २०७७१६:३४

परामर्शबिना गर्भपतनको औषधि सेवन जीवन मरणको दोसाँधमा छटपटाउँदै !