कबड्डी कबड्डी कबड्डी’ को ‘दुबो फुल्यो’ बोलको गीत सार्वजनिक (भिडियो )

काठमाडौँ साउन ०६ , भदौ १३ गते देखि नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को ‘दुबो फुल्यो’ बोलको पहिलो गीत सोमवार सार्वजनिक गरिएको छ।  हर्क साउदको शब्द र  एसडी योगीको संगीत रहेको यस गीतमा हेमन्त राना र रितिका श्रेष्ठको आवाज रहेको छ। चलचित्रको यस गीतलाई  रेनेशा वान्तवा राइले कोरियोग्राफी गरेकी छिन।

रामबाबु गुरुङको निर्देशनमा तयार गरिएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ लाई मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको संयुक्त रुपमा निर्माण गरेका हुन्।

शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, विजय बराल, माओत्से गुरुङ, रीश्मा गुरुङ, वुद्दि तामाङ, पुष्कर गुरुङ  लगायतका कलाकारहरुओ मुख्य भूमिका रहेको छ।

 

 

 

प्रकाशित : सोमबार, साउन ०६, २०७६११:१९

सोनाक्षीको चलचित्र माथि गरियो प्रतिबन्धको माग !