“भारतले ओलीलाई हटाउँछु भनेर नसोचे हुन्छ” – ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न भारतलाई चेतवानी दिएका छन्। आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भारतलाई यस्तो चेतावनी दिएका हुन्।

प्रधानमन्त्री ओलीले काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन भारतले तानाबाना बुनिरहेको विषय आफूलाई थाहा भएको बताए। साथै उनले भारतमा चलिरहेको मिडियावाजी बारे पनि आफू जानकार रहेको स्पष्ट पारे।

पहिला आफूसँग बहुमत नभएका कारण सरकार ढलेको स्मरण गर्दै उनले नेकपासँग स्पष्ट बहुमत रहेको बताए। ओलीलाई हटाउँछु भनेर कसैले सोच्छ भने त्यो गल्ति हुन जाने ओलीको भनाई छ।

“यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ। कोशिस गर्नेलाई गर्न दिऔं। कसैले हतार नगरे हुन्छ। मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन। यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न। आजका लागि होइन भोलिका लागि। आफ्ना लागि होइन देशका लागि।”,उनले भने।

एक सय ४६ वर्षसम्म उपभोग गरेको जमिन १९६२ देखि उपभोग गर्न नपाएको जमिन जसरी पनि फिर्ता गर्ने उनले बताए। आफ्नो जमिन दावी गर्दै कतिपयले नेपालले गल्ति गर्यो भन्दै टिप्पणी गरेको प्रति उनले आक्रोश पोखे।

“खल्तीमा नेपाली नागरिकता छ तर्क अर्काको पक्षबाट गरेको छ। १९६२ मा सेना राखेपछि कसरी त्यहाँका नागरिकसँग सम्बन्ध हुन्छ। कालापानीमा सेना राखेर उता जानै दिएका छैनन्। नागरिकता रासन कार्ड कसले दिएको छ त्यसबारे नेपालका नागरिकताधारीहरूले उठाइराखेका छन्।”,उनले भने।

प्रकाशित : आइतबार, असार १४, २०७७०८:५९

“म हटे भने नेपालका पक्षमा बोल्न सक्ने कोहि छैन, नेपाली भूमि फिर्ता नगरी हट्दिन” – ओली