काठमाडौँ, असार १७ । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । मंगलबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५ सय रुपैयामा कारोबार भएकोमा आज ५ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार २ सय ६५ कायम भएको छ। साथै आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले बढेको छ। आज चाँदीको मुल्य प्रतितोला रु ९ सय ६० रुपैया मा खरिद बिक्री भइरहेको छ ।
बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।