भोलि असार २० गते शनिबार, कस्तो बित्ला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

निर्धारित कार्य सहजै सम्पादन हुनेछन्। तीर्थयात्राको योग छ। धार्मिक कार्यक्रममा सहभागी हुने मौका मिल्नेछ। आर्थिक रुपमा दिन सफल सावित हुनेछ भने स्वास्थ्यले पनि साथ दिनेछ। नयाँ कामको प्रस्ताव आउन सक्ने दिन परेको छ। पहिला बिग्रिएका सम्बन्ध पनि सुध्रने देखिन्छ। आकस्मिक धन मिल्नाले मानसिक चिन्ता समेत हटेर जान सक्ला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

जिम्मेवारी समयमा पूरा गर्न नसक्दा लज्जित महसुस हुनेछ। परिश्रम अनुसारको फल मिल्नेछैन। शारीरिक मात्र नभई मानसिक रुपमा पनि स्वास्थ्य बिग्रनेछ। यात्राको अवसर जुरेपनि चाहेको काम असफल हुनेछ। व्यवहारमा नियन्त्रण नराख्नु भएमा दुख पाउनु हुने देखिन्छ। खतरनाक कदमका कारण तपाईले मात्र नभई परिवार साथै सहकर्मीहरुले दुख पाउने हुँदा सजक रहनु होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आरामदायक एवम् प्रसन्नतापूर्वक दिनको शुरुवात हुनेछ। पारिवारिक जमघट हुँदा मन प्रसन्न रहनेछ। प्रेमको मामलामा पनि दिन सोचेजस्तै रहँदा उर्जा थपिनेछ। नयाँ कपडा, गहना र सवारी साधन जोड्ने अवसर मिल्न सक्ला। सामाजिक रुपमा आफ्नो बलियो प्रभाव छाड्न सकिएला। आर्थिक रुपमा पनि आजको दिन सुखद रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कोहिसँग पनि झगडा नहोस् भन्नको लागि सावधानी अपनाउनु पर्ने देखिन्छ। मध्यदिन पछि विभिन्न चिन्ताहरुले सताउनेछ्न्। यात्रा गर्दा संयम रहनु होला। आर्थिक निर्णय गर्दा धेरैनै संयमता अपनाउनु पर्ने देखिन्छ। स्वास्थ्य पनि खासै राम्रो नहुने देखिन्छ। नाम र दामका लागि गरिएको खर्च व्यर्थ हुनेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सृजनात्मकतामा नयाँपन ल्याउन सफल भैनेछ। साहित्य लेखनमा मन जानेछ भने गरिएका प्रयास व्यर्थ हुनेछैनन्। कानुनी रुपमा रहेका सम्पूर्ण समस्या देखि छुटकारा मिल्नेछन्। टाढा भएका प्रियजनसँग पुनर्मिलन हुनेछ। धेरै समय देखि रहेका योजना सामान्य प्रयासले नै सफल हुनेछन्। प्रेम जीवन पनि सफल रहने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

प्रतिकूलताको सामना हुनेछ। गरेका सबै प्रयास खेर जानेछन्। परिश्रम अनुसारको फल नमिल्दा निराशा छाउनेछ। शारीरिक तथा मानसिक रुपमा तनाव बढ्नेछ। यात्राको लागि पनि दिन खासै सुखद नरहला। व्यवहार तथा वाणीमा नियन्त्रण नहुँदा लज्जित हुनुपर्नेछ भने आर्थिक लगानी गर्नको लागि पनि दिन खासै सुखद देखिँदैन। यधपी प्रेम जीवन भने सुखद नै रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भाग्यवृद्धि र धनलाभको योग छ। गरिएकै कुनै पनि प्रयास खेर जानेछैनन्। पारिवारिक वा व्यावहारिक कार्यको लागि यात्रा हुनेछ। लामो समय देखि रहेको योजना सफल हुनेछन् भने वैदेशिक यात्राको ढोका पनि खुल्न सक्ला। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्ला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दिन मनोरन्जना केन्द्रित हुने देखिन्छ भने आर्थिक खर्च पनि मनोरन्जनको लागि रहने देखिन्छ। परिवारसँग कहीं यात्रा रहन सक्ला। दिन दैनिकी भन्दा केही फरक रुपमा व्यतित हुनेछ। मान-प्रतिष्ठा वृद्धि हुन सक्ला। वस्त्राभूषण, वाहन तथा भोजनको सुख मिल्न सक्ला। शारीरिक रूपमा स्वस्थ र मानसिक रुपमा पनि अनादित महशुस हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

निर्णय लिनको लागि दिन धेरै शुभ रहेको छ भने नयाँ कार्य थालनीको लागि परिवारबाट सहयोग प्राप्त हुन हुनेछ। सामाजिक रूपमा सम्मान वृद्धि हुनेछ। मित्रजनसँग प्रवास-पर्यटनको व्यवस्थापन हुन सक्ला। आफ्नो दैनिक कार्य धेरै राम्रोसँग सम्पन्न गर्न सक्षम रहनु हुने देखिन्छ। साथै दिगो फाइदा हुने काम सुरु हुने दिन परेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिवारमा खासै राम्रो सम्बन्ध हुने देखिदैन। अनेक प्रकारको चिन्ता मिल्ने देखिन्छ भने कार्य सजिलै सफल नहुन सक्लान्। टाढाको यात्रा गर्दै हुनुहुन्छ भने संयमता अपनाउनु होला। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। मध्यान्न पछि भने स्थिति सामान्य रहन सक्ला। साँझ आर्थिक लाभ पनि मिल्न सक्ने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भाग्य वृद्धि हुने देखिन्छ भने प्रत्येक कार्यमा सफलता मिल्न सक्ला। मित्रहरूसँग भ्रमण व्यवस्थित गर्नमा व्यस्त रहनु हुने दिन परेको छ। साथै भने जसतै आर्थिक लाभ पनि मिल्न सक्ला। यधपी खर्चमा भने नियन्त्रण राख्नु पर्ने देखिन्छ। शिथिलता एवं अधिक कार्यभारको कारण मानसिक व्याकुलताको अनुभव हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक र मानसिक रूपले तपाईलाई शान्ति साथै शुख मिल्ने देखिन्छ। तपाईको श्रम परे पनि सोचेको मूल्य प्राप्त हुनेछ। तर, सामाजिक रुपमा अपहेलनाको सामना हुन सक्ने हुँदा सजक रहनु होला। कानुनी कार्यमा भने लाभनै मिल्ने देखिन्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुँदा हिम्मत बढेर जानेछ।

प्रकाशित : शुक्रबार, असार १९, २०७७१५:०१

भोलि असार २१ गते आइतबार, कसरी बित्ला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !