गिरीको पक्षमा मोहना अन्सारी: ‘स्वतन्त्र ढंगले बोल्दा कारवाही गर्न मिल्दैन, निर्णय फिर्ता होस्’

काठमाडौँ – जनता समाजवादी पार्टीले सांसद सरिता गिरीमाथि कारवाही गरेको प्रति राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले आपत्ति जनाएकी छन्।

गिरीलाई पार्टीले सांसद र पार्टीको साधारण सदस्यबाट निस्काशित गरे लगतै एक ट्वीट गर्दै मोहना अन्सारीले आपत्ति जनाएकी हुन्। समाजवादीको उक्त निर्णयलाई अन्सारीले खेदजनक भनेकी छन्। कथित छानविन प्रतिवेदनको आधारमा कारवाही गरी निस्काशन र सांसदबाट निलम्बन हुने विषय खेदनजनक हुन जाने उनको बुझाई छ।

“सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानविन प्रतिवेदनको आधारमा कारवाही गरी निस्काशन र सांसदबाट निलम्बन हुने विषय खेदनजनक छ ।”,उनले ट्वीटरमा लेखेकी छन्।

संसदमा आफ्नो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारवाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरित हुन जाने उनको तर्क छ।

“संसदमा आफनो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारवाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरित रहेकोले निर्णय र्फितालिन अनुरोध गर्दछु।”,ट्वीटरमा उनी लेख्छिन्।

नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयक विरुद्ध नै संशोधन दर्ता गराएपछि गिरी विवादमा परेकी थिइन्। जनता समाजवादी पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन भनेपनि उनले पार्टीको आदेश अस्विकार गरेकी थिइन्। यस बारे पार्टीले स्पष्टिकरण सोधेपनि चित्त बुझ्दो जवाफ नआएपछि उनलाई पार्टीले मंगलबार कारवाही गरेको थियो।

प्रकाशित : मङ्गलबार, असार २३, २०७७१२:४१

उपत्यकामा संक्रमितको संख्या २ सय ६६, २३ फरक-फरक ठाउँमा देखियो ! कहाँ-कहाँ? [सूचीसहित]