भोलि असार २५ गते कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

यसदिन तपाईंको लागि राम्रो रहनेछ । सरकारी काममा सफलता प्राप्त हुनेछ । सम्मानित व्यक्तिसँग भेट गर्ने अवसर मिल्नेछ  । सामाजिक काममा संलग्न हुने योग छ। साथीभाईसँग यात्राको सम्भावना रहेकोले खर्च बढि हुनेछ |

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यसदिन नयाँ कार्यको प्रारम्भ गर्न सक्नुहुनेछ। दाम्पत्य जीवनमा मधुरता छाउने छ । अपूर्ण कार्य पूर्ण हुने योग रहेको छ । व्यवसायमा आय वृद्धि वा पदोन्नति हुनेछ। गृहस्थजीवन आनन्दपुर्वक बित्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यस दिन प्रतिकूलतापूर्वक बित्नेछ। शरीरमा स्फूर्तिको कमीले निर्धारित काम पूरा नहोला। मानसिक चिन्ताको अनुभव हुनेछ |  बेकामको वाद-विवादबाट जोगिनुहोला । व्यापार व्यवसायमा नकारात्मक असर पर्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

खानपानमा ध्यान दिनुहोला | स्वास्थ्यमा समस्या आउने सम्भावना छ | खर्चमा वृद्धि हुनाले आर्थिक पक्ष कम्जोर हुनेछ | नयाँ कार्यको सुरुवात नगर्नुहोस। नकारात्मक विचार आउनाले मानसिक स्वास्थ्यमा असर पर्नेछ |

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यापारिक क्षेत्रमा धैर्यका साथ निर्णय लिनुहोला | जीवनसाथीसँग मनमुटाव हुने सम्भावना रहेको छ | स्वास्थ्यमा समस्या आउने सम्भावना भएकोले ध्यान दिनुहोला | विपरित लिंगीसँगको भेट आनन्दमय हुने छैन |

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंको यसदिन अनुकूल रहनेछ | पारिवारमा सुख-शान्ति स्थापना हुनाले आनन्द मिल्नेछ |  स्वास्थ्यमा सुधार आउनेछ | आर्थिक लाभ मिल्नेछ | कर्यक्षेत्रमा सहयोगको वातावरण बन्नेछ |

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

स्वास्थ्यमा समस्या देखा पर्नेछ | प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ | व्यर्थ वाद-विवादबाट बच्नुहोला |  आफ्नो कल्पना र रचनात्मकताको प्रगतिसँग सन्तुष्टि अनुभव गर्नुहुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मानसिक र शारीरिक अस्वस्थताको अनुभव हुनेछ | आर्थिक पक्ष कम्जोर रहनेछ | वहान सवारीमा सतर्क रहनुहोला | पानीबाट नोक्सान हुनसक्छ | माननीय व्यक्तिसँग अनबनको अवस्था सृजना हुनेछ |

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंमा आध्यात्मिकताको प्रभाव उच्च रहनेछ | नयाँ कार्य सुरु गर्न शुभ दिन रहेको छ | मित्रसँगको भेटघाटले दिन आनन्दमय हुनेछ | कुनै कारणबस यात्राको योग रहेको छ | स्वास्थ्य राम्रो हुनेछ |

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको यस दिन प्रतिकूल रहनेछ |  बोलीमा ध्यान दिनुहोला | स्वास्थ्यमा समस्या आउनेछ | पूँजी लगानीका लागि शेयर-सट्टा आयोजना हुनेछ | अध्ययनमा मन लाग्ने छैन |

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक स्फूर्ति र मानसिक प्रसन्नताको महशूस हुनेछ | आर्थिक लाभ प्राप्त हुनेछ | स्वादिष्ट एवम उत्तम भोजन पाएर मन प्रशन्न रहनेछ | नकारात्मक सोचदेखि टाडै रहनुहोला | यात्राको सम्भावना रहेको छ |

 

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

धार्मिक कार्यमा खर्च हुनेछ | आफन्तहरुबाट टाढा रहनु पर्नेछ | मानसिक प्रतिकूलता रहनेछ | बोलिको कारण समस्यामा पर्न सकिने हुनाले सावधान रहनुहोला |

प्रकाशित : बुधबार, असार २४, २०७७१४:५०

भोलि असार २६ गते कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !