मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

यसदिन तपाईंको लागि अनुकूल रहनेछ | सामाजिक कार्य र मित्र भेटमा दिन व्यतित हुनेछ | खर्चमा वृद्धि हुनेछ | सम्माननीय व्यक्तिबाट लाभ प्राप्त हुनेछ | आकस्मिक धन लाभ हुनाले मन प्रशन्न रहनेछ | सन्तानबाट खुसखबर मिलनले दिन आनन्दपूर्वक बित्नेछ |
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

गृहस्थजीवनमा सुख-शान्ति छाउनेछ | दाम्पत्य जीवनमा मधुरता छाउने छ | धन लाभ र मान-सम्मानको प्राप्ति हुनेछ | व्यापार व्यवसाय सुरु गर्न पनि अनुकूल दिन छ | पदोन्नतीको योग रहेको छ | उच्च पदाधिकारीको सहयोग मिल्नेछ |
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यस दिन तपाईंको लागि प्रतिकूल रहेको छ | मानसिक र शारीरिक अस्वस्थताको अनुभव हुनेछ | पारिवारिक सम्बन्धमा खटपट आउने छ | वाद-विवादबाट टाडा नै रहनुहोला | काममा पनि बाधा आउने सम्भावना रहेको छ |
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मनमा नकारात्मक सोच आउनेछ | स्वास्थ्यमा समस्या आउने सम्भावना छ | आफ्नो क्रोध र बोलीमा संयम राख्नुहोला | साथी-भाईसँगको सम्बन्धमा खटपट आउन सक्छ | आर्थिक पक्ष कम्जोर रहनेछ |
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यात्राको योग रहेकोले तपाईंको यस दिन मनोरन्जनात्मक रूपले बित्नेछ | जीवनसाथीको स्वास्थ्यमा समस्या आउने सम्भावना रहेको छ | विपरित लिंगीसँगको भेट पनि आनन्दमय हुने छैन |
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिवारमा आनन्द एवं उत्साहको वातावरण बन्नाले मन प्रशन्न रहनेछ | स्वास्थ्यमा सुधार आउनेछ | कार्यक्षेत्रमा सफलता प्राप्त हुने योग रहेको छ | आर्थिक क्षेत्र भने कम्जोर रहनेछ |
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

प्रिय व्यक्तिसँगको भेटले दिन आनन्दमय हुनेछ | शारीरिक र मानसिक स्फूर्तिले कार्य सफल हुनेछ | सन्तानबाट खुसीको खबर मिल्नेछ | स्त्री मित्रको भरपूर साथ र सहयोग मिल्नेछ|
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ | मानसिक र शारीरिक अस्वस्थताको अनुभव हुनेछ | पारिवारिक सम्बन्ध बिग्रिनाले मन दु:खी रहनेछ | आमाको स्वास्थ्यमा पनि समस्या देखा पर्ने सम्भावना छ |
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंमा आध्यात्मिकताको प्रभाव रहनेछ | स्वास्थ्य राम्रो रहनेछ | नातेदारसँगको भेटले मन प्रशन्न रहनेछ | व्यापारमा लाभ मिल्ने सम्भावना रहेको छ | कुनै पनि कार्य गर्दा भाग्यले पनि साथ दिनेछ |
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)


परिवारमा मनमुटावको अवस्था सृजना हुनेछ | मनमा नकारात्मक बिचार उत्पन्न हुनेछ | स्वास्थ्य मध्यम रहनेछ | आँखा सम्बन्धि समस्या देखा पर्न सक्छ, ध्यान दिनुहोला |
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यस दिन तपाईंको लागि अनुकूल रहनेछ | परिवारको साथ स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ | दाम्पत्य जीवन सुखमय रहनेछ | साथी-भाईको साथ यात्राको सम्भावना रहेको छ |
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मनमा एकाग्रताको कमी रहनेछ | शारीरिक स्वास्थ्य प्रतिकूल रहनेछ | लेन-देनको लागि अनुकूल समय रहेको छ | कानूनी मामलाबाट टाढै रहनु राम्रो हुनेछ |

