काठमाडौँ , साउन ९ । आज बिहिबार सुनको मुल्य स्थिर रहेको छ । गत आइतबार यता सुनको मुल्य स्थिर रहेको छ ।
बुधबार प्रतितोला ६५ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्य (६५ हजार) मा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साथै आज तेजावी सुनको मुल्य तोलामा ६४ हजार ७ सय रुपैयामा कायम रहेको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ। आज चाँदीको मुल्य तोलामा ७ सय ७५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।