आज साउन १२ गते, यस्तो छ सुनचाँदीको भाउ!

काठमाडौँ , साउन १२  । आज साताको पहिलो दिन अर्थात् आइतबार  पनि सुनको मुल्य स्थिर रहेको छ ।

शुक्रबार   प्रतितोला ६५ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज पनि सोहि मुल्य (६५ हजार) मा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य तोलामा ६४ हजार ७ सय रुपैयामा कायम रहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदीको मुल्य तोलामा ७ सय ७५ रुपैयामा कायम रहेको  महासंघले जनाएको छ ।

एक साता देखि लगातार  सुनचाँदीको मुल्यमा  कुनै परिवर्तन नआएको महासंघले जनाएको छ । गत आइतबार यता सुनचाँदीलको मुल्य स्थिर रहेको हो ।

प्रकाशित : आइतबार, साउन १२, २०७६०५:१४

बढ्यो सुनको मुल्य, चाँदीको भाउ स्थिर!