नेकपाको दार्शनिक मान्यता “जबज” नै हो , यसलाई मान्न तयार हुनुपर्छ : बाँस्कोटा

काठमाडौँ : सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेकपाभित्र जनताको बहुदलीय जनवाद (जबज) मान्न सबै तयार हुनुपर्ने बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले बिहिबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मलेनमा नेकपाको दार्शनिक मान्यता जबज नै भएको ठोकुवा गर्दै यसलाई मान्न कसैले लजाउनु नपर्ने बताएका हुन् ।

तिम्रो आँखा मन पर्‍यो, हाँसो मन पर्‍यो, हिँडाइ मन पर्‍यो, सोचाइ मन पर्‍यो, काम मन पर्‍यो तर तिमी चाहिँ मन परेन भने के अर्थ लाग्छ ?’ ,उनले प्रश्न गरे, ‘सबै त्यही अनुसार (जबज) गर्ने भन्न चाहिँ नमिल्ने भन्ने हुन्छ ?’ ।

मन्त्री बाँस्कोटाले जबजकै आधारमा यहाँसम्म आइपुगेको र पार्टी एकीकरण भएको अवस्थामा यसलाई मान्दिन भन्नु गलत हुने टिप्पणी गरे। जबजबारे सरकारको तर्फबाट नभई आफ्नो विचार व्यक्त गरेको बाँस्कोटाको भनाइ थियो ।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६११:१८

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २० वटा महत्वपूर्ण निर्णयहरु :