एजेन्सी – लकडाउन अगाडी लिगमा बलियो अवस्थामा रहेर पनि बार्सिलोना स्पेनिस ला लिगाको उपाधि जित्न असमर्थ रह्यो। लकडाउन खुलेपश्चात कम्जोर प्रदर्शनमा कारण बार्सिलोनाले ला लिगाको उपाधि रियल म्याड्रिडलाई सुम्पियो।

टिमको खस्कँदो प्रदर्शनलाई लिएर अहिले विभिन्न टिका-टिप्पणी शुरु भएको छ। अहिले बार्सिलोना दशक भन्दा बढी समयकै कम्जोर अवस्थामा पुगेको बताइन्छ। क्लबका कप्तान तथा मूल्य खेलाडीको रुपमा रहेका लियोनेल मेस्सी समेत क्लबको अवस्थालाई लिएर चिन्तित छन्।

टोलि बलियो बनाउन बार्सिलोनाले केहि खेलाडी थप्ने योजना समेत बनाएको छ। मुख्यतः पेरिस सेन्ट जर्मेनबाट नेयमार र इटालियन क्लब इन्टर मिलानबाट स्ट्राइकर लाउटारो मार्टिनेजल्याउने योजनामा बार्सिलोना छ।

तर, यी दुई खेलाडी ल्याउन बार्सिलोनामा त्यति सहज चाहिँ छैन। कोरोना महामारीका कारणका बार्सिलोना अहिले आर्थिक सङ्कटमा छ। जसकारण बार्सिलोनाले क्लबका केहि खेलाडहरु बेच्ने तयारी गरेको छ। पछिल्लो समय टिममा नपरेका र लोनमा अरु क्लब गएका खेलाडीहरुलाई बेचेर भए पनि आर्थिक जोहो गर्ने योजना क्लबको छ।

बताइएअनुसार,क्लबले आफ्ना १२ खेलाडीहरु बिक्रिको सूचि नै बनाएको छ। जसमा नेटो, नेल्सन सेमेडो, स्यामुअल उमटिटी, जुनियर फ्रिपो, इभान राकिटिक, आर्टुरो भिडाल, उसमान डेम्बेले, मार्टिन ब्रेथवेट, कार्लेस एलेना, राफिन्हा, टोडिबो र फिलिप कोउटिन्हो छन्। उक्त सूचीबाट बिक्रि हुनेजति खेलाडी बिक्रि गर्ने क्लबको योजना रहेको बताइन्छ।

बिक्रिको आलावा केहि खेलाडीहरु सट्टा-पट्टामा पनि प्रयोग हुन सक्छन्। गत सिजन देखि बार्सिलोना नेयमार फिर्ता ल्याउने प्रयासमा छ। त्यसको लागि बार्सिलोनाले आफ्ना क्लबका खेलाडी पेरिस सेन्ट जर्मेन पठाउन पनि सक्छ।

