मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आध्यात्मिक सिद्धि प्राप्त गर्ने उत्तम योग रहेको छ| गूढ रहस्यमय विद्याप्रति विशेष आकर्षण बढ्नेछ| आफ्नो वाणी र क्रोधमा संयम राख्नुहोला|आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ| शत्रुसँग सावधान रहनुहोला| नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहेको छ| पानी र स्त्री जातिसँग बच्नुहोला|
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

गृहस्थजीवन आनन्दपूर्वक बित्नेछ| परिवार तथा साथी-भाईको साथ उत्तम तथा स्वादिष्ट भोजनको अवसर मिल्नेछ| शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ| यात्राको योग बन्ने देखिन्छ| धन लाभ प्राप्त हुनेछ| दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ| सामाजिक मान-सम्मान प्राप्त हुनेछ| कर्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ|
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अधुरा रहेका केहि महत्वपूर्ण कार्य पूरा हुने देखिन्छ| कर्यक्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ| परिवारमा सुख-शान्तिमय वातावरण कायम रहनेछ| मानसिक तथा शारीरिक स्फूर्तिको अनुभव हुनेछ| आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ| कर्यक्षेत्रमा सहकर्मीसँग मनमुटावको स्थिति सिर्जना हुने देखिन्छ|
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ| नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन| आकस्मिक धन खर्च हुँदा आर्थिक समस्या आउन सक्छ| प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुने देखिन्छ| यात्रा गर्दा विशेष ध्यान दिनुहोला| पूरा दिन मन चिन्तित रहनेछ| विपरित लिंगी प्रति आकर्षण बढ्नेछ|
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मनमा नकारात्मक भावना उत्पन्न हुनेछ| शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ| परिवारको साथ मतभेद हुन सक्ने देखिन्छ| आमा-बुवाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला| पानीबाट बच्नुहोला| घर-जग्गा तथा वाहन खरिद-बिक्रिको लागि समय शुभ छैन| घरमा विवादास्पद वातावरण सिर्जना हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

यस दिन नयाँ कार्य गर्नको लागि समय शुभ रहेको छैन| कर्यक्षेत्रमा सफलता प्राप्त हुनेछ| शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्| दाजु-भाईसँगको सम्बन्धमा सुधार आउने देखिन्छ| आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ| प्रिय व्यक्तिका साथको भेटले मन प्रशन्न रहनेछ| सामाजिक मान-प्रतिष्ठामा वृद्धि हुनेछ|
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

क्रोध तथा वाणीमा संयम राख्न निकै जरूरी छ| जिद्दी व्यवहारको कारण समस्या उत्पन्न हुनसक्छ| शारीरिक तथा मानसिक स्वास्थमा समस्या आउन सक्छ, सतर्क रहनुहोला| नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन| कर्यक्षेत्रमा कुनै पनि प्रकारको महत्वपूर्ण निर्णय यस दिन नलिनु नै उत्तम हुनेछ| मनमा चिन्ताको भावना उत्पन्न हुनसक्छ|
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक तथा मानसिक प्रफूल्लताको अनुभव हुनेछ| साथी- भाईको साथ यात्राको योग बन्नुका साथै उत्तम एवम स्वादिष्ट भोजनको अवसर मिल्नेछ| जीवनसाथीसँगको सम्बन्धमा प्रगाढता बढ्नेछ| आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ| आनन्दमय समाचार प्राप्त हुनसक्छ|
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको लागि यस दिन कष्टदायी हुनसक्छ| शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ| परिवारको साथ मतभेद हुन सक्ने देखिन्छ| क्रोध तथा वाणीमा संयम राख्न जरूरी छ| खर्चमा वृद्धि हुँदा आर्थिक पक्ष कमजोर हुनेछ| कानुनी मामलामा सावधानी अपनाउन जरूरी देखिन्छ|
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

हरेक कार्यमा सफलता मिल्नेछ| कार्यक्षेत्रमा विशेष लाभ प्राप्त हुने सम्भावना रहेको छ| मित्रगण तथा आफन्तजनका साथ यात्राको योग बन्नेछ| मांगलिक कार्यक्रममा उपस्थित हुने अवसर मिल्नेछ| स्त्री वर्ग तथा सन्तानबाट लाभ प्राप्त हुनेछ| वैवाहिक जीवनमा रहेका समस्या समाधान हुनेछ|
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

हरेक कार्य सरलतापूर्वक सफल हुनाले मन प्रशन्न रहनेछ| व्यापार व्यवसायमा स्थिति अनुकूल रहनेछ| कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुने सम्भावना रहेको छ| उच्च पदाधिकारीसँगको सम्बन्धमा सुधार आउनेछ| अग्रजबाट लाभ प्राप्त हुने देखिन्छ| धन प्राप्तिको योग रहेको छ| पदोन्नतीको योग छ| गृहस्थजीवन आनन्दपूर्वक बित्नेछ|
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मनमा नकारात्मक भावना आउनेछ| मानसिक तथा शारीरिक अस्वस्थता महशुस गर्नुहुनेछ| कर्यक्षेत्रमा उच्च पदाधिकारीसँग सावधान रहन जरूरी छ| सन्तान सम्बन्धि समस्याले मन चिन्तित रहनेछ| नयाँ कार्य सुरु गर्न समय शुभ छैन| शत्रु तथा प्रतिस्पर्धी मजबूत हुनेछन्, सतर्क रहनुहोला|

