भोलि साउन १६ गते कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सरकारी क्षेत्र तथा शरुसँग सावधान रहनुहोला| खान-पानमा विशेष ध्यान दिनुहोला| शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ| अपेक्षाकृत कार्य सम्पन्न नहुँदा मन चिन्तित रहनेछ| व्यापार व्यवसायमा समय प्रतिकूल छ| नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन| कार्यक्षेत्रमा उच्च पदाधिकारीको सम्बन्धमा खटपट आउन सक्छ|

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मित्रगण तथा आफन्तजनका साथ यात्राको योग बन्नेछ| उत्तम तथा स्वादिष्ट भोजनका साथै नयाँ वस्त्र प्राप्त हुनाले मन प्रशन्न रहनेछ| मध्यान्हपछि स्वास्थ्यमा समस्या आउनसक्छ, ध्यान दिनुहोला| खर्चमा वृद्धि हुनाले आर्थिक पक्ष कमजोर हुनेछ| मानसिक तनाब बढ्नेछ|

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिवारमा उल्लासमय वातावरण कायम रहनेछ| शारीरिक स्फूर्ति तथा मानसिक प्रशन्नताको अनुभव गर्नुहुनेछ| अधुरा रहेका महत्वपूर्ण कार्य पूरा हुनाले मन प्रशन्न रहनेछ| व्यापार व्यवसायमा परिस्थिति अनुकूल रहने देखिन्छ| मित्रगण तथा आफन्तजनका साथ यात्राको योग रहेको छ| सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ|

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भविष्यको लागि आर्थिक योजना बनाउनको लागि शुभ समय छ|  कर्यक्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ| परिवारमा सुख-शान्तिमय वातावरण कायम रहनेछ| शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ| अधुरा रहेका कार्य पूरा हुने सम्भावना रहेको छ| कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ|

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ| आमाको स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी देखिन्छ| मध्यान्हपछि भने समय शुभ रहनेछ| नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन| विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ| परिश्रम अनुसारको सफलता मिल्नाले मन प्रशन्न रहनेछ|

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मानसिक तथा शारीरिक स्फूर्तिमा कमी रहनेछ| गूढ रहस्यमय विद्याप्रति विशेष आकर्षण बढ्नेछ| आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ| नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहेको छ| प्रिय व्यक्तिका साथको भेटले मन प्रशन्न रहनेछ| आमाको स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोला|

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक तथा मानसिक स्वास्थमा समस्या आउन सक्छ| परिवारको साथ मतभेद हुन सक्ने देखिन्छ| खर्चमा वृद्धि हुनेछ| मध्यान्हपछि स्वास्थ्यमा केहि सुधार आउने देखिन्छ| आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ| कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ| यात्राको योग बन्न सक्छ| मित्रगणसँगको सम्बन्धमा सुधार आउनेछ|

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक तथा मानसिक स्फूर्तिको अनुभव गर्नुहुनेछ| परिवारमा हर्षोल्लासपूर्ण वातावरण रहनेछ| क्रोध तथा वाणीमा संयम राख्न निकै जरूरी छ| धार्मिक कार्यमा खर्च हुनेछ| विद्यार्थी वर्गको लागि समय अनुकूल छैन| तपाईंको वाणीको कारण परिवारका कुनै सदस्यको मनमा ठेस पुग्न सक्छ, बोलीमा ध्यान दिनुहोला|

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

क्रोध तथा वाणीमा संयम राख्न जरूरी छ| परिवारमा मनमुटावको अवस्था सिर्जना हुनसक्छ| शारीरिक तथा मानसिक स्वास्थमा समस्या आउन सक्छ| मध्यान्हपछि कार्यमा सफलता प्राप्त हुनेछ| शारीरिक तथा मानसिक स्वास्थमा सुधार आउनेछ| पारिवारिक वातावारण पनि सुखमय बन्नेछ| मित्रगणका साथ भेटघाट गर्ने अवसर मिल्नेछ|

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यस दिन तपाईंको लागि सामाजिक, आर्थिक तथा व्यावसायिक रूपले लाभदायी रहनेछ| सामाजिक मान-प्रतिष्ठा बढ्नेछ| मध्यान्हपछि स्वास्थ्यमा समस्या आउनसक्छ, सतर्क रहनुहोला| वाहन सवारीमा विशेष ध्यान दिनुहोला| मानसिक तनाब बढ्नेछ| आफन्तजानका साथ मनमुटावको स्थिति सिर्जना हुनसक्छ|

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सामाजिक मन-प्रतिष्ठामा वृद्धि हुनेछ| धन लाभ हुने सम्भावना रहेको छ| हरेक कार्य सरलतापूर्वक सफल हुनाले मन प्रशन्न रहनेछ| कर्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्| पदोन्नतीको योग रहेको छ| आयमा वृद्धि हुनेछ| साथी-भाईको साथ यात्राको योग बन्नेछ| व्यापार व्यवसायमा लाभ मिल्नेछ|

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग वाद-विवाद हुन सक्ने देखिन्छ, सावधान रहनुहोला| अधुरा रहेका कार्य पूरा हुने सम्भावना रहेको छ| मध्यान्हपछि कर्यक्षेत्रमा स्थिति अनुकूल हुनेछ| सन्तानको प्रगतिले मन प्रशन्न रहनेछ| मानसिक तथा शारीरिक प्रफूल्लता महशुस गर्नुहुनेछ|

प्रकाशित : बिहिबार, साउन १५, २०७७१४:००

भोलि साउन १७ गते कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !