‘पूजा’को नाममा सुशान्तको अकाउन्टबाट निकालियो ३ लाख, परिवारले लगाए जादु-टुनाको आरोप!

सुशान्त सिंह राजपूतको कथित आ’त्मह-त्या केसबारे एक सनसनीपूर्ण कुरा खुलासा भएको छ। सुशान्तको कोटक महिन्द्रा बैंक अकाउन्टको स्टेटमेन्ट सार्वजनिक गरिएको छ। उक्त स्टेटमेन्टमा पाँच पटक पूजा र पण्डितको नाममा पैसा निकालेको खुलाईएको छ।

सुशान्तको बैंक अकाउन्टको स्टेटमेन्टमा उल्लेखित जानकारी अनुसार पूजाको नाममा लाखौँ रुपैया निकालिएको थियो।

१४ जुलाई २०१९ : ४५००० भारू
२२ जुलाई २०१९ : ५५००० र ३६००० भारू
२ अगस्ट २०१९ : ८६००० भारू
८ अगस्ट २०१९ : ११००० भारू
१५ अगस्ट २०१९ : ६०००० भारू

पण्डितलाई पैसा दिएको देखि पूजा सामग्री खरिद गरेसम्मको विवरण बैंक स्टेटमेन्ट उल्लेखित छ। तर पनि सुशान्तको मुम्बईस्थित घरमा कुनै पूजा भएन। सुशान्तका घरपरिवारले रियालाई जादूटोना गरेको आरोप लगाएका छन्। यस्तो अवस्थामा यो सवाल उठ्छ कि के साँच्चै पैसा जादूटोना गर्न प्रयोग गरिएको थियो त किनकी प्रहरी अधिकारीहरुका अनुसार सुशान्तको घरमा कुनै पूजा गरिएको थिएन।

अकाउन्टको स्टेटमेन्टमा यो स्पष्ट देखिन्छ कि रियाको मेडिकल खर्च देखि खानाखर्चको बिल सुशान्तले नै भर्थे। सुशान्तको परिवारले रिया चक्रवर्तीमाथि सुशान्तलाई आ’त्मह-त्याको लागि उक्साएको, उनको पैसा हडपेको आरोप आरोप लगाएका छन्। र साथै सुशान्तकी बहिनीले आफ्ना दाई सुशान्तमाथि रिया चक्रवर्तीले कालो जादू गरेको आरोप लगाएका छन्। सुशान्तकी बहिनीका अनुसार रिया प्राय: एक तान्त्रिकलाई लिएर सुशान्तको फ्लाटमा आउथिन्।

सुशान्त सिंह राजपूतको शव १४ जूनमा उनको बान्द्रास्थित फ्लाटमा झुन्डिएको अवस्थामा भेटिएको थियो। मुम्बई प्रहरीले यसलाई आ’त्मह-त्या करार दिईसकेका छन्। तर विहार प्रहरी र मुम्बई प्रहरी दुवैले यस केसको अनुसन्धान गरिरहेका छन्।

प्रकाशित : आइतबार, साउन १८, २०७७०८:१९

सनी देओल यी ३ नायकलाई देख्न पनि सक्दैनन् !