एजेन्सी- धुम्रपान र मद्यपान दुवै स्वास्थ्यको लागि हनिकारण मानिन्छन्। दुवै देखि टाढा रहन डाक्टरले मात्र नभई स्कुले पाठ्यक्रमले पनि सुझाउने गर्छन्।
तर पनि विश्वमा हानि गर्ने तथ्यलाई बेवास्था गर्दै धुम्रपान र मद्यपान गर्ने मानिसहरुको संख्या ठूलै छ। अझ पछिल्लो समय त धुम्रपान र मद्यपानले फेसनको नै रुपमा लिन थालेको छ।
यस्तै कलाकार र सेलिब्रिटीहरुले पनि धुम्रपान र मद्यपानलाई फेसनको रुपमा लिने गरेका छन्। यति सम्म की केहि कलाकारले त धुम्रपान र मद्यपान तथा अन्य लतमा लागेर आफ्नो करियर नै बर्बाद पारेका छन्।
तर केहि कलाकार भने धुम्रपान र मद्यपान जस्ता कुलत देखि टाढा छन्। यस्तै धुम्रपान र मद्यपान देखि टाढा रहेका बलिउड कलाकारहरु निम्न छन्।
अक्षय कुमार
अक्षय बलिउडकै अनुशासित कलाकारको रुपमा परिचित छन्। उनी अभिनयमा मात्र नभई स्वास्थ्यको मामलामा पनि उत्तिकै अनुशासित छन्। उनी एक्सरसाइज र खान-पानलाई जहिले पनि सन्तुलनमा राख्छन्। उनको दिनचर्या धेरैनै अनुशासित रहने गर्दछ। यति मात्र नभई उनी धुम्रपान र मद्यपान देखि पनि टाढा छन्। एक्सरसाइज बाहेक अन्य केहिको पनि लत नभएको अक्षय बताउने गर्छन्।
जोन अब्राहिम
बलिउडमा एक रिष्ट-पुष्ट शरीरको कारण चर्चामा रहने जोन पनि स्वास्थ्य र फिटनेसको मामलामा धेरै गम्भीर छन्। तपाईलाई अचम्म लाग्न सक्छ की उनी शाहाकारी हुन्। तैपनि उनले आफ्नो शरीरलाई राम्रो तरिकाले ‘मेन्टेन’ गरेर राखेका छन्। यसको अलावा उनी धुम्रपान र मद्यपान देखि जहिले पनि टाढा रहन्छन्। चुरोट र रक्सिलाई जोन छुँदा पनि छुँदैनन्।
दीपिका पादुकोण
बलिउडमा मात्र नभई हलिउडमा समेत आफ्नो जादू चलाइसकेकी दीपिका आफ्नो स्वास्थ्यलाई लिएर गम्भीर छिन्। खान-पान देखि एक्सरसाइजमा पनि उनले राम्रो ध्यान दिने गर्छिन्। साथै दीपिका धुम्रपान र मद्यपान गर्दिनन्। यी र यस्ता कुनै पनि लत उनलाई लागेको छैन। यस्ता लत बिना जीवन सुखद र खुसि हुने उनी बताउँछिन्।
अभिषेक बच्चन
बलिउडमा करियर खासै सफल नभएता पनि उनले आफ्नो जीवनलाई भने एकप्रकारले सफल नै बनाएका छन्। अभिषेक पनि धुम्रपान र मद्यपान गर्दैनन्। पार्टी होस् अथवा कुनै पनि भेटघाट कार्यक्रम उनी चुरोट र रक्सि लगायत देखि टाढा रहन्छन्।
शिल्पा शेट्टी
योगा रानी शिल्पा शेट्टी आफ्नो फिगर र फिटनेसको कारण लाइमलाइटमा रहने गर्छिन्। आमा बनेपश्चात पनि आफ्नो शरीरलाई फीट राखेको कारण उनको प्रसंशा हुने गरेको छ। स्वास्थ्यको मामलामा ज्यादै संयमित हुने शिल्पा पनि धुम्रपान र मद्यपान केहि गर्दिनन्। जीवनलाई सुखी बनाउन चुरोट र रक्सि भन्दा पनि खुसि र स्वस्थ हुन आवश्यक रहेको उनको तर्क छ।
फेसनलाई धुम्रपान र मद्यपानले कुनै पनि हालतमा बढावा दिँदैन भन्ने बुझाउनको लागि धुम्रपान र मद्यपान नगर्ने बलिउड कलाकारहरु बारे यस लेख तयार पारिएको हो। हामीले यस लेख धुम्रपान र मद्यपानलाई प्रोहोत्सान गर्नको लागि तयार पारेका हैनौं। यी लगायत धेरै लतले पैसा, समय र स्वास्थ्य बिगार्ने हुँदा टाढा रहन हामी अनुरोध गर्दछौँ।