एजेन्सी- आफ्नो वजन नियन्त्रणमा राख्न धेरैको कोसिस हुने गर्छ। अहिलेको समयमा कोहि पनि आफू धेरै वजनदार भएको राम्रो मान्दैनन्। तर पछिल्लो समय तथ्याँकहरुले मानिसहरु छिटो मोटाउने गरेको खुलासा गरेको छ। रेकर्डमा भएका सबै भन्दा धेरै मोटा व्यक्तिहरुको बारेमा हामीले केहि जानकारी यस लेखमा संग्रहित गरेका छौँ।
जोन ब्रोवर मिन्होक – ६३५ किलोग्राम

विश्वकै सबै भन्दा वजनदार व्यक्तिको सुचीमा यी व्यक्तिको नाम सबै भन्दा अगाडी आउने गर्छ। यी व्यक्तिको वजन सन् १९७८ मा ६३५ केजी रहेको थियो। तर उनको मृत्यु सन् १९८३ मा हुँदा वजन ३६० केजी मात्रै रहेको थियो।
वाल्टर हडसन- ५४४ किलोग्राम

विश्वकै सबै भन्दा वजनदार व्यक्तिको सुचीमा यी व्यक्तिको नाम दोस्रो नम्बरमा आउने गर्छ। उनको वजन लगभग ५४५ केजी रहेको थियो। हृदयघातको कारण उनको मृत्यु सन् १९९१ मा भएको थियो। मृत्यु भएपछि उनको वजन मापन गर्दा लगभग ५५० केहि पाइएको थियो।
मेनुअल उरीबे – ५५७ किलोग्राम

यी व्यक्ति पनि ज्यादै मोट व्यक्तिहरुमा एक रहेका छन् । विश्वकै सबै भन्दा वजनदार व्यक्तिको सुचीमा यी व्यक्तिको नाम तेस्रो नम्बरमा आउने गर्छ। ४८ वर्षको उमेरमानै मृत्यु भएका मेनुअल मृत्यु हुनु भन्दा अगाडी लगभग ५३० केजी रहेको थियो। तर मृत्यु हुँदा भने उनको वजन ५६० केजी सम्म पुगेको बताउने गरिन्छ।

