बुधवार मुम्बई, ठाणे र महाराष्ट्रको पालघरमा ठूलो वर्षा भएको थियो र त्यसपछि स्थानीय रेल र बस सेवाहरू बन्द गरिए। वास्तवमा भारी वर्षाका कारण ट्र्याकहरू र सडकहरू जलमग्न भए। भारी वर्षाका कारण सडकहरू नदीमा परिणत भए। यस समयमा धेरै मानिसहरू पानीमा तैरिरहेका देखियो। त्यस्ता धेरै भाइरल भिडियोहरू अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ जसमा मानिसहरू सडकमा भरिएको पानीमा रमाईलो गरिरहेको देख्न सकिन्छ।
यस्तोमा आई.ए.स अफिसर नितिन सांगवानले ट्विटरमा एउटा भिडियो साझा गरे जुन भिडियो अहिले भाइरल भइरहेको छ। भिडियोमा देख्न सकिन्छ कि पानीले सडक पूरै भरिएको कारण बस रोकिएका छन्। केही मानिसहरू बसको माथि उभिएका देखिन्छन्। मान्छेहरू बसको माथिबाट एक एक गरी पानीमा हाम फाल्दै पौडीरहका छन्।
When life gives you lemons, make lemonade.#MumbaiRains pic.twitter.com/gCfHOSd1YP
— Nitin Sangwan (@nitinsangwan) August 7, 2020
यस भिडियोको क्याप्शनमा आई.ए.स अफिसरले अंग्रेजीमा लेखेका छन्,”ह्व्येन् लाईफ गिभ्स यू लेमन मेक लेमोनेड(When Life Gives You Lemon, Make Lemonade)।” यो भिडियो सामाजिक सन्जालका प्रयोगकर्ताहरू द्वारा धेरै मन पराइएका छन्।

