सुशान्त सिंह राजपूत केसको अनुसन्धान सिबिआईले गरिरहेको छ र यसैबीच हरेक दिन यस केसबारे नयाँ-नयाँ कुराहरुको खुलासा भईरहेका छन्। पछिल्लो समय सुशान्तका बैंक डिटेल्स देखि उनको कल डिटेल्सलगायतका थुप्रै विवरणहरु सार्वजनिक भएका छन्। त्यस्तै उनकी गर्लफ्रेन्ड रिया चक्रवर्तीको कल डिटेल्सबाट सबैलाई चकित पार्ने कुरा खुलासा भएको छ।
सुशान्तको मृत्यु भएको दिन यानी १४ जुनमा रियाले एक महिलासँग १ घण्टा ७ मिनेट कुराकानी गरेकी थिईन्। सुशान्तको मृत्यु भएको दिन रियाको फोनमा ७ कल्स र २५ मेसेज आएका थिए। त्यस्तै रियाले ९ कल्स गरेकी थिईन्।
भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशित खबर अनुसार सुशान्तको मृत्यु भएको दिन बिहान ७ बजेर ३८ मिनटमा राधिका मेहता नामकी महिलाले रियालाई कल गरेकी थिईन्। त्यसबेला यी दुईबीच ३० मिनट ५५ सेकेन्ड कुराकानी भएका थिए। त्यसपछि रियाले फेरी ८ बजेर ८ मिनटमा राधिका मेहतालाई कल गर्छिन् र उनीहरु फेरी ३० मिनेट्स सम्म संवाद गर्छन्।
रियाले फेरि पनि तेस्रो पटक राधिकालाई ८ बजे ३८ मिनेट कल गर्छिन् र यसपटक उनीहरुबीच ५ मिनेट ४१ सेकेन्ड कुरा हुन्छ। सुशान्तको मृत्यु भएको दिन रियाले राधिका मेहता नामको महिलासँग १ घण्टा ३६ सेकेन्ड कुरा गरेकी थिईन्।
त्यस्तै कल डिटेलबाट यो कुराको खुलासा भएको छ कि रिया र सुशान्तबीच ५ जुनमा अन्तिम पटक कुरा भएको थियो। त्यतिबेलासम्म आफूले सुशान्तको घर नछोडेको रिया बताउँछिन्। ५ जुनको बिहान ठ्याक्कै बिहान ८ बजेर १९ मिनेटमा सुशान्तले रियालाई फोन गरेका थिए। दुवैबीच करीब २ मिनेट कुराकानी भएको थियो। त्यसपछि रियाले १० बजेतिर सुशान्तलाई फोन गरेकी थिईन्। त्यो कल जम्मा ३ सेकेन्डको थियो। त्यही उनीहरुबीचको अन्तिम कुराकानी थियो।