एजेन्सी , हालै एक मोडलले आफ्नो डरलाग्दो कहानि बताउदै धेरै मोडललाई सचेत गराएकी छिन् । अमेरिकाको क्यालिफोर्नियाकी २५ वर्षकी मोडल जोइ क्लोफरले हिडन क्यामेराबाट आफ्नो भिडियो बनाएको भन्दै एक फोटोग्राफरलाई आरोप लगाएकी छिन् ।
उक्त भिडियोमा आरोपी फोटोग्राफर तथा भिडियोग्राफर विलियम फ्रान्सिस कथित रुपमा बाथरुममा हिडन क्यामेरा फिट गर्दै गरेका देखिएका छन् । फिटनेस मोडल जोइले आफ्नो बाथरुममा मोवाइल फोनको चार्जरजस्तै देखिने क्यामेरा देखिईन र तुरुन्तै उनले उक्त क्यामेराबाट मेमोरी झिकेर ल्यापटपमा भिडियो कपि गरिन् ।
मोडल जोइले उक्त फोटोग्राफरलाई धेरै समय अगाडी देखि चिन्थिन् । जोईले आफ्नो सहमति बिना नै विलियमले नग्न भिडियो खिचेको भन्दै कानुनी मुद्दा हाल्ने बताएकी छिन् ।
आरोपी फोटोग्राफर हाइप्रोफाइल मोडल र सेलिब्रेटीको फोटोशूट गर्छन्, त्यसैले जोईले उनको साथ शुट गर्ने मोडलहरुलाई सचेत रहन आग्रह गरेकी छिन् ।