अभिनेत्री नम्रता श्रेष्ठ स्टारर ‘जाइरा’ को आइटम गीत सार्वजनिक [भिडियो]

काठमाडौँ, साउन ११ । चलचित्र ‘जाइरा’ को आइटम गीत सार्वजनिक भएको छ । ‘यो मात चढेको साँझ’ बोल रहेको यो गित शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा फिल्मका मुख्य कलाकार प्रमोद अग्रहरी, सिर्जना रेग्मी र तनुजा गुरुङ फिचर्ड छन् । वरिष्ठ गीतकार किरण खरेलको शब्द, रचना र  शिव शंकरको संगीत रहेको यस गीतमा फिरोज बज्राचार्य, डिजे राजुको रि-एरेञ्ज र मिना निरौलाको स्वर रहेको छ ।

अभिनेत्री नम्रता श्रेष्ठ स्टारर जाइरालाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा निर्मित यस चलचित्रमा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र भदौ ६ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशित : शनिबार, साउन ११, २०७६०९:०३

ह्यान्डसम भएर के गर्नु भाग्यले साथ नदिएपछि : यी हुन् भाग्यले ठगेका १० बलिउड अभिनेताहरु !