आफ्नी ७ महिनाकी बहिनीलाई बचाउदा गयो ५ वर्षीय दिदिको ज्यान!

एजेन्सी, पछिल्लो १० दिनदेखि सिरिया सरकार र उसका रुसी सहयोगी सिरियाको फरक-फरक सहरमा हमला गरिरहेका छन् । हवाई हमलामा  परि लगातार मानिसहरुको मृत्यु भैरहेको छ । अहिलेसम्म १०३ मानिसको ज्यान गएको छ । जसमा २६ बच्चा छन् ।

इदलिब शहरमा शुक्रबार बमबारी हुदा एउटा भवन भत्किएको थियो । भवन भत्किएर  ७ महिनाकी बालिका पुरिईन र ५ वर्षीय रिहमले आफ्नी बहिनि तुकालाई बचाउन अन्तिम साससम्म जुटिन् । उनले आफ्नी बहिनिलाई बचाउदै गरेको तस्विर अहिले सामाजिक संजालमा निकै भाइरल भएको छ। तस्विरमा नजिकै उनका बुबा अमजदले सहायताको लागि कराईरहेको देखिएका छन् ।

त्यसपछि दुवै बच्चालाई उपचारको लागि अस्पताल लगियो। तर ५ वर्षीय रिहमको मृत्यु भयो भने ७ महिनाकी बालिका आईसीयूमा छिन् । यूएनले शुक्रबार यस घटनामा गहिरो चिन्ता व्यक्त गरेको छ।  स्कूल, अस्पताल, बाजर र बेकरीमा सिरिया सरकार र सहयोगी रूसीले हमला गरेको हो ।

प्रकाशित : शनिबार, साउन ११, २०७६११:२९

सूर्यविनायकमा मोटरसाइकलले बालकलाई ठक्कर दियो, अस्पतालमा मृत्यु !