बुबा झैँ हिट भएनन् यी ७ अभिनेता, केहिले त गरे बलिउडलाई नै अलविदा…

हिन्दी सिनेमा जगतमा  कैयौँ  एक्टर्स छन् जो पहिलो फिल्ममा त हिट भए तर पछि फिल्म इंडस्ट्रीबाट गायब भए। यो लिस्टमा राजेन्द्र कुमारको छोरा देखि फिरोज खानको छोराको नाम पनि पर्दछ। यधपी उनको छोराहरुले  यो स्टारडमलाई  पाउन सकेन।  यही एक्टरमा कुमार  गौरवको नाम पर्छ। जान्नुहोस यस्तै एक्टर जसको बुबा त हिट भए तर छोरा भने  फ्लप।

कुमार गौरव

कुमार गौरव चर्चित अभिनेता राजेन्द्र कुमारका  छोरा हुन्। कुमारको पहलो  फिल्म उनको बुबाले प्रोड्यूस गरेका थिए। यो फिल्मको नाम  ‘लव स्टोरी’ थियो। पहिलो फिल्मबाट नै कुमारले सफलताको  पहाड चढे र जसलाई प्राप्त गर्नको लागि कैयौँ एक्टर धेरै वर्ष कुरेका थिए।  फिल्ममा  कुमारको अभिनयको निकै प्रसंशा भयो र मानिसहरुले उनको स्टाइल पनि कपी गर्न थाले।  कुमार गौरव अहिले  फिल्म इंडस्ट्रीबाट टाढा छन्।

फरदीन खान

अभिनेता  फिरोज खानको छोरा फरदीन खानले १९९८ मा आएको फिल्म प्रेम अगनबाट  डेब्यू गरेका थिए। यो फिल्मबाट उनलाई  बेस्ट डेब्यूको  अवार्ड पनि मिलेको थियो। त्यसपछि उनले  जंगल, प्यार तूने क्या किया, हम हो गए आपके, खुशी, देव, प्यारे मोहन, लाइफ पार्टनर सहित कैयौँ फिल्ममा काम  गरे ।  तर फरदीनको धेरै फिल्म हिट हुन सकेन। त्यसपछि उनले बलिउडबाट विश्राम लिने सोचे।

हरमन बावेजा

अभिनेता  हरमन बावेजाले जब बलिउडमा इन्ट्री गरे तब मानिएको थियो कि उनी आउँदो दिनमा सुपरस्टार हुन्छ। तर  हरमन छिट्टै  इंडस्ट्रीबाट गायब  भए।  फिल्म निर्देशक ह्यारी  बावेजा र निर्माता पम्मी बावेजाका  छोरा  हरमनले २००८ सालमा ‘लव स्टोरी २०५०’ बाट डेब्यू गरेका थिए। २००९ सालमा ह्यारी बावेजाले आफ्नो छोराको लागि रोमान्टिक फिल्म ‘व्हाट्स योर राशि’ बनाएका  थिए। तर दुवै फिल्म सुपर फ्लप साबित भएको थियो। हरमनले आफ्नो करियरमा ५ फिल्ममा काम गरे र सबै बक्स अफिसमा फ्लप साबित भयो। अहिले हरमन बलिउडबाट निकै टाढा छन्।

जयद खान

तीन खान सुपरस्टार छन भने कैयौँ खान फ्लप रहेका छन्। ति मध्ये एक जायद खान हुन् । एक्टर संजय खानका  छोरा जायद खानले कैयौँ फिल्ममा काम गरे तर इंडस्ट्रीमा भने नाम कमाउन सकेन। उनले २००३ मा आएको फिल्म ‘चुरा लिया है तुमने ‘ बाट बलिउडमा इन्ट्री गरेका थिए। यस बाहेक वादा, दस, शादी नं. वन, कैश, स्पीड और तेज सहित अन्य फिल्ममा काम गरे तर सुपर फ्लप भयो ।

तुषार कपूर

अभिनेता जितेन्द्रका  छोरा  तुषार कपूरको नाम पनि यो लिस्टमा पर्छ। तुषारले  फिल्म ‘मुझे कुछ कहना है’ बाट आफ्नो अभिनय सुरु गरेका थिए। यो फिल्मलाई  बक्स अफिसबाट राम्रै रेस्पोन्स मिलेको थियो।  तुषारलाई निकै कम फिल्ममा मूख्य अभिनेताको भूमिकामा देखियो।  लगातार फिल्म फ्लप भएपछि अहिले तुषार साइड रोलमा काम गर्छन्।

महाक्षय चक्रवती

हिन्दी सिनेमाका  चर्चित अभिनेता तथा  डांसर मिथुन चक्रवर्ती अहिले फिल्ममा आफ्नो अभिनयको कारण चिनिन्छन् । उनलाई एक राम्रो डान्सर पनि मानिन्छ। तर मिथुनको छोरा  महाक्षयको  फिल्मी करियर अहिलेसम्म बनेको छैन। महाक्षयलाई   दर्शकले  फिल्म हन्टेडबाट चिन्छन्।  मिथुनको स्टारडम भने अहिलेसम्म कायम छ।

सिकन्दर खेर

अभिनेता अनुपम खेर अहिलेपनि आफ्नो अभिनयको दममा बलिउडमा राज गरिरेहका छन्। उनको  स्टारडम कुनै  सुपरस्टार भन्दा कम छैन। अन्तिम पटक उनी फिल्म द एक्सीडेंटल प्राइम मिनिस्टरमा देखिएका थिए। उनको छोरा सिकन्दर  खेरको  फिल्मी करियर केहि  खास रहेन। उनको पहिलो फिल्म २००८ मा आएको वुडस्टाफ विला थियो।

प्रकाशित : आइतबार, भदौ ०७, २०७७१२:०२

यी ६ फिल्म जसमा दोस्तीको लागि स्टार्सले लगाएका थिए आफ्नो ज्यानको बाजी