यी ६ फिल्म जसमा दोस्तीको लागि स्टार्सले लगाएका थिए आफ्नो ज्यानको बाजी

एजेन्सी : हिन्दी सिनेमा जगतमा दोस्तीको किस्सामा थुप्रै फिल्महरु बनेका छन्। केही फिल्महरु यस्ता छन् कि जसका चरित्र मात्र हिट नभई त्यस फिल्मका संवाद पनि जनजिब्रोमा बस्न सफल छन्। ‘शोले’ मा जय र वीरुको दोस्तीको किस्सा र ‘कुछ कुछ होता है’ मा राहुल र अञ्जलीको दोस्तीको किस्सा एकदमै चर्चित छन्। यी फिल्ममा दोस्तीको यस्तो मिसाल पेश गरिएको छ कि जुन देखेर मानिसहरु भन्छन् कि साथी होस् त यस्तो। आज ४ अगस्टको दिन फ्रेन्डशिप डे रहेको छ। यस विशेष दिनमा आज हामी तपाईमाझ चर्चा गर्दै छौं बलिउडका यी ६ फिल्मका बारेमा जसमा फिल्मका चरित्रले दोस्तीको नयाँ आयाम प्रस्तुत गरेका छन्।

फिल्म : कुछ कुछ होता है, अञ्जली-राहुल

यस सूचीमा पहिलो नाम आउँछ अञ्जली र राहुलको। फिल्म ‘कुछ कुछ होता है’ को शाहरुख खानको एक डायलग ‘प्यार दोस्ती है’ सबैभन्दा बढी चर्चित भएको थियो। यस फिल्ममा बकायदा ‘फ्रेन्डशिप डे’ सेलिब्रेट गरिएको देखाईएको थियो। ‘कुछ कुछ होता है’ फिल्म मुख्य रूपमा दोस्तीमा आधारित भएर बनेको थियो जसमा अञ्जलीको भूमिका निभाएकी काजोल राहुल यानी कि शाहरुख खानको लागि आफ्नो प्रेम त्याग गरी टिनासँग विवाह गरिदिन्छन्।

फिल्म : शोले, जय-वीरू

दोस्तीमा ईमान्दारी र प्रेम हुन् सबैभन्दा जरुरी हुन्छ। यसको सबैभन्दा गतिलो उदाहरण ‘शोले’ फिल्मको जय र वीरुलाई लिन सकिन्छ। ‘शोले’ फिल्ममा अमिताभ बच्चन र धर्मेन्द्रको दोस्ती एक यस्तो मिसाल हो जसलाई आज पनि मानिसहरु याद गर्छन्। यहाँ सम्म कि फिल्ममा साथीको लागि जयले आफ्नो ज्यान पनि दिन्छन्

फिल्म : मुन्नाभाई एमबीबीएस, सर्किट र मुन्नाभाई

‘मुन्नाभाई एमबीबीएस’ फिल्ममा सञ्जय दत्त र अरशद वारसीको दोस्तीलाई मानिसहरुले खुब मन पराएका थिए। यस फिल्ममा सर्किट आफ्नो साथी मुन्नाभाईका हरेक इच्छा पूरा गरिदिन्छन्। चाहे ल्याबमा प्राक्टिकलको लागि आफ्नो साथी मुन्नाको लागि बडी नै ल्याउन किन नपरोस्। यस सिनले साबित गर्छ कि दोस्ती साँच्चै नै अनमोल हुन्छ।

फिल्म : मैंने प्यार किया, प्रेम-सुमन

‘मैंने प्यार किया’ फिल्ममा सलमान खानले प्रेम र भाग्यश्रीले सुमनको भूमिका निभाएका थिए। यस फिल्ममा दोस्ती प्रेममा बदलिएको देखाईएको छ। साथै यो पनि देखाईएको छ कि प्रेमले आफ्नो साथी सुमन मुश्किल घडीमा हुँदा डटेर मुकबला गरेको देखाईएको छ।

फिल्म : दिल चाहता है, आमिर, सैफ, अक्षय खन्ना

आमिर खान, सैफ अलि खान र अक्षय खन्नाको फिल्म ‘दिल चाहता है’ दोस्तीको बेमिसाल कहानी हो। यस फिल्ममा जिन्दगीमा एक मात्र नभई त्यस भन्दा बढी साथी दिलको यति निकट हुन्छन् कि तपाई तिनीहरुबाट कहिल्यै पनि टाढिन चाहनुहुन्न भन्ने कुरा देखाईएको छ।

फिल्म : जिन्दगी ना मिलेगी दोबारा, ऋतिक,फरहान,अभय देओल

यस फिल्ममा कसरी साथी आफ्नो साथीसँग गरेका बाचाकसम निभाउँछ भन्ने कुरा देखाईएको छ। यस फिल्ममा एक साथी विवाह हुनु अघि आफ्ना तीन साथी ऋतिक, फरहान अख्तर र अभय देओलसँग यात्रामा जान्छन् र यो यात्रा तिनका जिन्दगीको सबैभन्दा शानदार र यादगार हुन्छ।

प्रकाशित : सोमबार, भदौ ०८, २०७७११:४९

ऋतिक रोशन : जीवनको पहिलो कमाई १०० रुपैयाँ, फिल्मको लागि छोडे पढाई