ऋतिक रोशन : जीवनको पहिलो कमाई १०० रुपैयाँ, फिल्मको लागि छोडे पढाई

काठमाडौँ : ऋतिक रोशन अहिले बलिउडका सबैभन्दा सफल अभिनेताहरुमध्ये एक हुन्। आफ्नो अभिनय र नृत्य कौशल एवं फेशन सेन्सको कारण भारतमा मात्र नभई विदेशमा पनि उनका समर्थक तथा प्रशंसकहरुका ठुलो जमात छन्।आज हामी तपाईलाई ऋतिकका बारेमा केही यस्ता कुराहरु बताउँदैछौं जुन शायदै तपाईलाई थाहा होला।

ऋतिक रोशनको पहिलो कमाई १०० भारु थियो। यो पैसा उनले सन् १९८० को फिल्म ‘आशा’ मा अभिनेता जितेन्द्रसँग डान्स गर्दा पाएका थिए। उक्त १०० रुपैयाँले ऋतिकले १० वटा हट व्हील कार खरिद गरेका थिए।

ऋतिक रोशनले कमर्समा ग्राजुएसन गरेका छन्। त्यस पछि उनी मास्टर्सको लागि अमेरिकामा जाने तयारीमा थिए तर उनले फिल्मको लागि आफ्नो पढाई छाडे।

ऋतिकका हजुरबुबा-हजुरआमा, रोशन लाल नागरथ र ईरा नागरथ शास्त्रीय सङ्गीतकार थिए। ऋतिक आफैंले पनि ‘गुजारिश’ र ‘जिन्दगी ना मिलेगी दोबारा’ मा गीत गएका छन्।

ऋतिक रोशनलाई धूमपानको लत थियो, जसबाट उनी टाढा हुन् चाहन्थे। यसको लागि उनले थुप्रैपटक कोसिस गरे। ४ पटक असफल भएपछि ऋतिकले अन्तत: धूमपानको कुलतबाट छुटकारा पाए। उनले शाहरुख खान र फरहान अख्तरलाई पनि धूमपान त्याग्न सहयोग गरेका थिए। एजेन्सी

प्रकाशित : सोमबार, भदौ ०८, २०७७११:५७

बलिउडको सुमधुर मित्रता, को-कति मिल्छन?