यी सामान टुटेफुटेका छन् भने झुक्किएर पानि घरमा नराख्नुस्, बर्बादीको बन्न सक्छ कारण !

काठमाडौँ । घरवरपर भएका केही वस्तुहरुको कारण पनि घरमा वास्तुदोष देखिने गर्छ । त्यस्ता सामाग्रीले घरपरिवारमा आर्थिक संकट देखिनुको साथै पारिवारिक माहोलमा खटपट पनि ल्याउँछ । वास्तुशास्त्र अनुसार घरमा भएका टुटेफुटेका सामान राख्दा नकारात्मक उर्जा प्राप्त हुने र आर्थिक रुपमा हानी नोक्सानी बेहुर्नु पर्ने रहेको छ । घरमा भएका अनावश्यक टुटेफुटेका सामानाले मानसिक तनावको कारण बन्ने बताएको छ । वास्तुशास्त्र अनुसार टुटेफुटेका कस्ता सामाग्री घरमा राख्नु हुदैन भन्ने बारे बताउन गइरहेका छौँ ।

१.भाँडाकुँडा : भान्साकोठामा पुराना भइसकेका र टुटेफुटेका सामाग्री राख्दा महालक्ष्मी अप्रसन्न भई घरमा दरिद्रता आउने र हानी हुने गर्छ ।

२.घडी : वास्तुशास्त्रअनुसार घरमा चल्न छोडेको घडी राख्नुलाई पनि नकारात्म लिइन्छ । जसले परिवारका सदस्यको उन्नति रोक्नुको साथै नकारात्मक उर्जा प्राप्त हुन्छ ।

३.ऐना : फुटेको, चर्केको ऐनाको टुक्राले घरमा ठूलो दोष ल्याउछ । यसले नकारात्मक उर्जा पैदा गर्नुको साथै परिवारको सदस्यमा तनाव उत्पन्न गराउँछ ।

४.खाट/पलङ : यदि तपाई वैवाहिक जीवनलाई सफल बनाउन चाहनुहुन्छ भने घरमा भएका भाँचिएका वा टुटेका पलङ खाट राख्नुहुँदैन् । यदि तपाई सुत्ने विस्तारा भाँचिएको टुटेको छ भने वैवाहिक जीवनमा समेत तनाव उपन्न हुन्छ ।

५.तस्बिर : यदि तपाईको घरमा राखिएको तस्वीरको फ्रेम फुटेको वा चर्किएको छ भने त्यसलाई तुरुन्तै हटाइहाल्नुहोस् । किनकी यस्तो सामाग्रीले घरमा परिवारबिच मतभेद पैदा गर्छ ।

६.ढोका : यदि तपाईको घरमा छिर्ने ढोका वा गेट टुटेको छ भने अशुभ मानिन्छ । यसले घरमा नकारात्मक उर्जा पैदा गर्छ ।

७.फर्निचर : घरमा भएका टुटेफुटेका फर्निचरले अशान्ति फैलने कुरा वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

प्रकाशित : शनिबार, साउन ११, २०७६१२:४८

घरको मुलद्धारमा यस्ता वस्तुहरु राख्दा लाग्दैन कसैको नजर !