आजको समयमा दुनियाको सबैभन्दा धनी सहरको सूचीमा न्यू योर्क, लण्डन जस्ता सहर अगाडि आउछन्। तर कुनै समयमा अफ्रिकी राष्ट्र दक्षिण अफ्रीकाको एक सहर संसारकै सबैभन्दा धनी सहर हुने गर्थ्यो। यस सहरको नाम हो जोहान्सबर्ग। यो दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसंख्या भएको सहर हो। हिरा र सुनको खानीको लागि प्रसिद्ध यो सहरलाई पहिला “सिटी ओफ गोल्ड” भनिन्थ्यो। यसको पछाडि कारण यो थियो कि करीव १५० बर्ष अघि विश्वको ८० प्रतिशत सुन यहाँको खानीहरुबाट निकालिन्थ्यो तर अहिले यो शहरलाई संसारकै खतरनाक शहरहरु मध्ये एक मानिन्छ। भनिन्छ कि यो शहर अब अपराधीहरुको अड्डा भएको छ।
भनिन्छ सन् १८८६ मा अंग्रेजले यहाँ सुनको खानीको खोज गरेका थिए, जसको कारण यो सहर निकै धनी भएको थियो। जोहान्सबर्गमा अहिले मनोरन्जनको सबैभन्दा ठूलो केन्द्र ‘गोल्ड रीफ सिटी’ छ। यो सहरको सेन्ट्रल बिजनेस डिस्ट्रिकको सुन खानी नजिकै अवस्थित छ।
जोहान्सबर्गको सबैभन्दा ठूलो संग्रहालय हेक्टर पीटरसन संग्रहालय हो। यो ओर्लान्डो पश्चिममा अवस्थित छ। यहाँ एक बच्चा, हेक्टर पीटरसनको ह-त्या भएको थियो। पछि त्यहि बच्चाको सम्झनामा संग्रहालयको नाम हेक्टर पीटरसन संग्रहालय राखियो। यो संग्रहालय १ जुन २००२ मा सर्वसाधारणको लागि खोलिएको थियो।
जोहानसबर्गको “द साउथ अफ्रिकन म्युजियम अफ रक आर्ट” एउटा यस्तो संग्रहालय हो जहाँ ढुंगाका नक्काशीहरू राखिएका छन्। येल रोडमा अवस्थित यो संग्रहालयमा राखिएका आईटमहरूको बारेमा भनेको छ कि ती केहि चीजहरू आदिवासीहरूका पनि हुन्।