तपाईको ब्लड ग्रुपले बताउँछ तपाईको स्वभाव !

तपाईंलाई आफ्नो ब्लड ग्रुप त थाहा नै होला र यो कुरा पनि थाहा होला कि ब्लड ग्रुपले मानिसको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन्छ। तर कतिपय मानिसलाई यो कुरा थाहा नहुन सक्छ कि तपाईंको ब्लड ग्रुपले तपाईंको व्यक्तित्वको बारेमा पनि जानकारी दिन्छ। हामी सबैको ब्लड ग्रुप फरक-फरक हुन्छ, त्यसतै सबैको बानी-व्यवहार,स्वभाव पनि फरक-फरक नै हुन्छ।

जापानमा हरेक केटा केटि बलाद ग्रुप अनुसार आफ्नो जीवनसाथीको खोजी गर्छन्। र अन्य देशहरुमा यो मानिन्छ कि हामी मानिसको ब्लड ग्रुपबाट व्यक्तिको स्वभावको बारेमा पत्ता लगाउन सक्छौँ।

ए ब्लड ग्रुप

ब्लड ग्रुप ए हुने मानिसमा सफलता प्राप्त गर्ने भोक अत्यधिक हुन्छ। यी मानिस सबैलाई साथमा लिएर अगाडी बढ्न चाहने खालका हुन्छन्। यी व्यक्तिहरू कोमल, उत्तरदायी, संवेदनशील र जीवनमा राम्रा साथी साबित हुन्छन्। यस समूहका मानिसको विशेष कुरा यो हो कि उनीहरू आफ्नो भन्दा पहिला अरूको बारेमा सोच्छन्।

बी ब्लड ग्रुप 

यो ग्रुपका मानिस अरुसँग छिटै घुलमिल हुन्छन् अर्थात् यी मानिस मैत्री हुन्छन्। यी मानिस थोरै स्वार्थी किसिमका हुन्छन् किनकि यिनीहरु अरुलाई सहयोग गर्नमा विश्वास गर्दैनन्। बी ग्रुपका मानिस निकै मिहेनती हुन्छन्, यिनीहरु जीवनमा हरेक खुसी आफ्नो मिहेनतले प्राप्त गर्न चाहन्छन्। सत्य बोल्नमा विश्वास राख्ने यी मानिस अलि जिद्दी किसिमका हुन्छन्।

ए-बी ब्लड ग्रुप 

यस ब्लड ग्रुपका प्रायः व्यक्तिहरू शान्त स्वभावका हुन्छन्। यी धेरै चलाख र बुद्धिमान हुन्छन्। यस समूहका मानिस अरुलाई सजिलै विश्वास गर्दैनन्। यी व्यक्तिहरू राम्रा र असल साथी साबित हुन्छन्। स्वच्छ हृदयका यी मानिस मनमा जे कुरा छ व्यवहारमा पनि त्यहि कुरा दर्शाउँछन्।

वो ब्लड ग्रुप 

यस ब्लड ग्रुपका मानिसहरू धेरै सकारात्मक र विश्वासिला हुन्छन्। यस समूहका व्यक्तिमा राम्रो नितृत्व गर्न सक्ने गुण हुन्छ। यी व्यक्ति धेरै परिश्रमी हुन्छन् र अधिक सफलता प्राप्त गर्ने भोक हुन्छ। यी मानिस अरूलाई खुशी राख्न मा विश्वास गर्छन्।

प्रकाशित : बिहिबार, भदौ ११, २०७७१७:४२

यी हुन् विश्वका सबै भन्दा खतरनाक शहरहरु !