यी हुन् विश्वका सबै भन्दा खतरनाक शहरहरु !

अहिले यहाँ चर्चा गर्न लागिएको संसारका ति अचम्मका सहरहरुको हो, जहाँ मानिसहरु हत्तपत्त बस्न मान्दैनन र बस्न माने पनि बस्न गाह्रो हुन्छ । किनकी ति सहरहरुमा कहिं निक्कै गर्मी हुन्छ भने कही निक्कै नै जाडो हुन्छ । कुनै संसार कै अग्लो स्थानमा छन, कुनै धेरै हिलो सहर छन ।

तिनै सहरका बारेमा हेर्नुहोस फोटो सहितको जानकारी :

सबैभन्दा चिसो शहर

रुसको याकुत्सक शहर यस्तो शहर हो, जहाँ सधै –५१ डिग्रीभन्दा कम तापक्रम रहन्छ । यो संसारकै सबैभन्दा ठन्डी शहर मानिन्छ ।

सबैभन्दा गर्मी शहर

कुवेत संसारकै सबैभन्दा गर्मी शहर मानिन्छ । किनकी यहाँ औसतमा करीब ३४.३ डिग्री तापक्रम रहिरहन्छ ।

सबैभन्दा सुख्खा शहर

मिश्रको अन्त्यपछि शहर संसराकै सबैभन्दा सुख्खा शहरको रुपमा चिनिएको छ । यहाँ वर्षमा एकदुई पटक मात्रै वर्षा हुने गरेको छ ।

सबैभन्दा हिलाम्‍मे शहर

कोलम्बियाको बुएनावन्चुरा शहर विश्‍वकै सबैभन्दा हिलाम्‍मे शहर मानिन्छ । यहाँ करीब वर्षमा २० फुटसम्म वर्षा हुनुका साथै हिलाम्मे पनि हुने गरेको छ ।

सबैभन्दा हवादार शहर

न्यूजिल्याण्डका वेलिन्गटन शहर मा औसत २९ किमी प्रतिघण्टाको रफ्तारमा हावा चल्‍ने गर्दछ । यो संसारकै सबैभन्दा धेरै हावा चल्‍ने शहरको रुपमा चिनिन्छ ।

सबैभन्दा अग्लो ठाउँमा रहेको शहर

बोलिभियाको अल आल्टो शहर समुन्द्र सतहदेखि ४ हजार एक सय पचास मीटरको उचाइमा रहेको छ । यो विश्‍वकै सबैभन्दा अग्लो ठाउँमा रहेको शहर हो ।

सबैभन्दा फरक फरक शहर

अस्ट्रेलियाको पर्थ शहरको आसपासमा कुनै बस्ती छैन । यसको २८ घण्टाको दूरीमा रहेको छ ऐडिलेड शहर । यही कारण यो संसारकै सबैभन्दा फरक शहरको रुपमा चिनिएको छ ।

सबैभन्दा कम पहुँच भएको शहर

पेरुको अमेजनमा रहेको इक्वितोस शहर पहुँचको हिसाबले सबैभन्दा कमजोर शहर हो । यहा पुग्‍न सडक निक्कै कम रहेको छ । यहाँ मात्र डुंगामार्फत जान सकिन्छ । अथवा विमानबाट मात्रै यो शहरमा पुग्न सकिन्छ ।

प्रकाशित : शनिबार, भदौ १३, २०७७१२:४२

विश्वका सबै भन्दा खतरनाक ५ कुकुर !