दुर्गाप्रसाद शर्मा, पर्वत – भदौको महिना, उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ वर्षे लक्का जवानको श-वमा आगो दन्किरहेको थियो । श-व जलिरहेका बेला खबर आयो मोदीखोलामा ढुंगामा कसैको श-व अल्झिएको छ । श-व अल्झिएको सूचना पाएपछि प्रहरीलाई खबर पनि गरियो भने मलामी र छिमेकीहरु पनि खोलामा रहेको श-व निकाल्न गए । यो समाचर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।
खोलामा भेटिएको श-व एक जना १७ वर्षे बालिकाको हो भन्ने थाहा पाएपछि सबैले नयाँ तथ्य फेला पारे । मोदी र पातीखोलाको संगममा जलिरहेको श-व र मोदीखोलामा ढुंगाको अक्करमा अल्झेको श-व दुई जना प्रेमी–प्रेमिका हुन् ।
जलिरहेको श-व पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका १८ वर्षीय पुष्प चापागार्इंको थियो भने खोलामा भेटिएको श-व इलामको देउमाई नगरपालिका–५ घर भई मोदी गाउँपालिका–६ डिमुवामा बस्दै आएकी दीपिका बस्नेतको थियो ।
प्रहरीका अनुसार चापागाईं भदौ १४ गते आइतबार दिउँसो ४ बजेदेखि हराएका थिए । खोजी गर्ने क्रममा भदौ १५ गते सोमबार बिहान घरनजिकै जंगलमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
चापागाईंको श-वको पर्वत अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कार गरिएको थियो । दीपिका पनि सोमबार दिउँसो ११ बजेपछि घरबाट हराएको भनेर आफन्तले प्रहरी खबर गरेका र खोला किनारमा समेत खोजी थालेका थिए । खोजी गर्ने क्रममा श-व जलिरहेको केहीमाथि मोदीखोलामा उनको पनि श-व भेटिएको थियो।