आयुर्वेदमा हर्रोको निकै महत्व रहेको छ। यसलाई आयुर्वेदको आमा पनि भनिन्छ। यो एक दुर्लभ औषधि हो जसमा ६ मध्य ५ रसको संयोग हुन्छ। यसको प्रयोग ज्वरो, पेट फुल्ने, उल्टी, ग्यास्ट्रिक, पाईल्स जस्ता समस्याको निदान गर्नको लागि गरिन्छ। राति सुत्नु अघि आ धा चम्चा हर्रोको पाउडर तातो पानीमा मिलाएर पिउँदा यसले निकै फाइदा गर्छ। यसको प्रयोगले के-के लाभ मिल्छ त? जान्नुहोस्…
चमकदार कपाल
राति सुत्नु अघि केहि दिनसम्म यसको आधा चम्चा पाउडर तातो पानीमा मिलाएर पिउँदा थुप्रै चमत्कारिक फाइदा मिल्छ। हर्रोको पाउडरले कपालको लागि एक औषधि जस्तो हो। यसको सेवन गर्दा कपाल कालो, बाक्लो र चमकदार हुन्छ।
यौन शक्ति
आयुर्वेदमा हर्रोको उपयोग यौन समस्याको निदान गर्नको लागि गरिन्छ। यौन शक्ति बढाउनको लागि दैनिक १-२ ग्राम हर्रो एक महिनासम्म सेवन गर्नुहोस्। यो शिघ्रपतनको उपचारको लागि फाइदाजनक हुन्छ। तर धेरै लामो समयसम्म यसको प्रयोग लगातार गरियो भने यसले यौन शक्ति कम पनि गर्न सक्छ।
अल्सर
अल्सरको समस्याबाट छुटकारा पाउनको लागि हर्रोको सेवन गर्न सकिन्छ। यसको प्रयोगले मुख तथा पेटको अल्सरबाट बचाउन मद्दत गर्छ। हर्रोको पाउडरलाई सुक्खा फलको साथ मिक्स गर्नुहोस् र पानीमा उमाल्नुहोस्। अब उक्त पानीलाई माउथवाश जसरी प्रयोग गर्नुहोस्। यसले मुख सम्बन्धि समस्याका साथै दाँत सम्बन्धि समस्या रोक्नमा प्रभावकारी हुन्छ।
पाईल्स
पाईल्सको समस्या दूर गर्नको लागि हर्रोको पाउडर दहीमा मिलाएर सेवन गर्नु निकै लाभदायक हुन्छ।