के तपाईको बच्चा पनि स्तनपान गर्न गार्हो मान्छ? कतै यस्तो समस्या त छैन?

बच्चाको लागि आमाको दूध सर्वोतम भोजन मानिन्छ। किनकि आमाको दुधमा बच्चाको उचित विकास र पोषण मिल्छ। तर के तपाईंलाई थाहा छ केही बच्चाहरूलाई स्तनपानले एलर्जी हुन सक्छ? धेरै कम व्यक्तिहरूलाई थाहा हुन्छ कि नवजात शिशुहरूलाई स्तनपानको एलर्जी हुन सक्छ।

किन हुन्छ त बच्चालाई आमाको दुधसँग एलर्जी 

विज्ञहरूको अनुसार बच्चालाई आमाको दुधको होइन तर दुध उत्पादनमा परिवर्तनको कारण एलर्जीको समस्या हुन्छ। वास्तवमा, खान-पिनका केहि चिज जस्तै सोया, टोफु, इत्यादि को कारण आमाको दुधको संरचना परिवर्तन हुन्छ। यस कारणले बच्चाहरू आमाको दुध पिउन छोड्छन्। १९८३ मा, स्विडेनी वैज्ञानिकहरूले पत्ता लगाए कि बच्चाहरुलिई आमाको दुधसंग एलर्जी नभएर आमाले खाएको खानामा चिनी वा प्रोटीनको कारण दुधको बनोट परिवर्तन हुन्छ, जसको कारणले बच्चालाई आमाको दुधसँग एलर्जी हुन थाल्छ।

बच्चालाई दुधको एलर्जी भएको लक्षण 

  • पेट दुख्नु
  • पेटमा ग्यास बन्नु
  • र्यासएज
  • पखाला
  • पिलिया
  • अपच
  • दुध पिउन बन्द गर्नु

के छ त समाधान?

  • एलर्जी रहेको बच्चालाई आमाको दुध नदिनु ठीक हुँदैन। बरु, आमाले आफ्नो आहार परिवर्तन गरेर दुधको बनोट परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। उदाहरण को लागी, गाईको दुध पिउन बन्द गर्नुहोस्।
  • एलर्जीको कारण बन्ने सक्ने चीजहरूबाट टाढा रहनुहोस्। सामान्यतया यस प्रकारको एलर्जी प्राय: गहुँ, मकै, अण्डा र बदाम जस्ता चीजहरूको कारणले हुन्छ। त्यसैले, समस्याको कारण बुझेर सोही अनुसार आफ्नो आहारमा सुधार गर्नुहोस्।
  • यस विषयमा तपाईंको बाल रोग विशेषज्ञसँग सम्पर्क गर्नुहोस् र आवश्यक सल्लाह लिनुहोस्। त्यस्तै, केहि अवस्थाहरूमा बच्चाहरूलाई ग्याल्याक्टोज-फ्री दुध खुवाइन्छ।

प्रकाशित : आइतबार, असोज ०४, २०७७०६:५६

यदी तपाईलाई कम्मर दुख्ने समस्या छ भने अपनाउनुहोस यी ४ घरेलु उपाय,!