काठमाडौँ : दश वर्षीय बालिकामाथि जबरजस्ती गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
सुनसरीको रामधुनी नगरपालिका-५ स्थित झुम्का बजारकी रन्जु (नाम परिवर्तित) लाई करणी गरेको आरोपमा स्थानीय ३५ वर्षीय भीम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त घटनाका बारेमा पिडित बालिकाले घरका अन्य सदस्यलाई बताएपछि प्रहरीमा दिएको उजूरीका आधारमा गुरुङलाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको हो ।