काठमाडौँ – शुक्रबारको तुलनामा आज धेरै जस्तो देशका मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर सहित विभिन्न देशको मुद्राको विनिमय दर आज घटेको हो।
नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय १७ रुपैयाँ २२ पैसा र विक्रिदर एक सय १७ रुपैयाँ ८२ पैसा तोकेको छ। अमेरिकी डलरको विनिमय दर शुक्रबारको तुलनामा केहि घटेको हो। शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय १७ रुपैयाँ ५५ पैसा र विक्रिदर एक सय १८ रुपैयाँ १५ पैसा तोकेको थियो।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज साउदी अरवको रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा र विक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ। आज अन्य देशका मुद्राको विनिमय दर पनि घटेको छ। नेपाल राष्ट्र बैंकले तोके अनुसार विभिन्न देशका मुद्राको विनियम दर निम्न छन्।
– कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र विक्रिदर ३२ रुपैयाँ ३६ पैसा ।
– युएई दिर्हाम एकको खरिददर ३१ ९१ पैसा र विक्रिदर ३२ रुपैयाँ ०८ पैसा।
– मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र विक्रिदर २८ रुपैयाँ ५६ पैसा।(शुक्रबारको तुलनामा वृद्धि)
– कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १० पैसा र विक्रिदर १० रुपैयाँ १८ पैसा।(शुक्रबारको तुलनामा वृद्धि)
– एक कुवेती दिनारको एकको खरिददर ३ सय ८३ रुपैयाँ ५७ पैसा र विक्रिदर ३ सय ८५ रुपैयाँ ५४ पैसा।
– एक बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ८९ पैसा र विक्रिदर ३ सय १२ रुपैयाँ ४८ पैसा।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।